मनोरञ्जन Tuesday, 28 Mar, 2017
Prestige Media

चर्चामा गायक अस्मित लिम्बु

काठमाडौँ, १५ चैत,पछिलो समयमा निकैनी वेष्त रहने गायकहरु मध्ये एक हुन अस्मित लिम्बु तीन महिना अघि मात्रै आफ्नो पहिलो एल्बम ‘असीमित’ सार्वजनिक गरेका गायक लिम्बूको एकाएक व्यस्तता बढेको छ । आफ्नै शब्द, संगीतमा आधुनिक, पप, पूर्वेली लोक पप लगायतका ६ वटा गीत समेटेर ‘असीमित’ एल्बम सार्वजनिक गरेसँगै अस्मितलाई अहिले शब्द लेखन तथा संगीत कम्पोजको बढी अफर आउन थालेको हो ।

एल्बम ‘असीमित’ को ‘आज मैले सपना देखेँ…’ बोलको गीतको म्यूजिक भिडियो पनि केही समय अघि सार्वजनिक भइसकेको छ । सोही एल्बमको अर्को गीत ‘फूलबुट्टे साडी…’ को भिडियो पनि चाँडै नै सार्वजनिक गर्ने तयारी उनको छ । यसअघि सार्वजनिक अडियो तथा भिडियो गीतबाटै उनलाई कामको अफर आउन थालेको गायक अस्मितले सुनाए ।

हिजो मात्रै गायक अस्मितको संगीतमा तयार भएको अर्को गीत युट्युव मार्फत सार्वजनिक भएको छ । ‘तर्कि जानु…’ बोलको सो गीतमा दीपक सुनुवारले स्वर दिएका छन् । यो गीतमा शंकर सुनुवारले शब्द लेखेका छन् भने म्यूजिक भिडियोमा शंकर, रिधिमा र शेरकुमारीको अभिनय रहेको छ ।

योसँगै आफ्नो संगीतमा प्रमोद खरेलको स्वर रहेको ‘मेरो मनको…’ गीतको तयारी भइरहेको अस्मितले बताए । जादेम्बा शेर्पाको ‘कर्म’ एल्बमकोलागि तयार भएको सो गीत शेर्पाको आफ्नै रियल स्टोरिमा आधारित रहनेछ । यो गीतको शब्द कर्मा शेर्पाले लेखेका हुन् ।

योसँगै अस्मितकै संगीतमा र गायक सुगम पोखरेलको स्वरमा ‘जादु छ कि तिम्रो मुस्कानमा…’ बोलको गीत पनि चाडैँ सार्वजनिक गर्ने तयारी छ । यो गीतमा पनि कर्मा शेर्पाको शब्द रहेको छ ।

‘यीसँगै तामाङ सेलो, पूर्वेली लोक गीत लगायतको काम पनि गरिरहेको छु’ अस्मितले सुनाए । उनी भन्छन्, ‘एल्बम ‘असीमित’ सार्वजनिक गरेपछि मलाई गायनमा भन्दा पनि शब्द र संगीतको पो धेरै अफर आइरहेको छ ।’ गीत, संगीतसँग सम्बन्धित काम नै भएकोले आफू शब्द र संगीतमा काम गर्न पनि उत्साहित भएको उनले बताए । उनी भन्छन्, ‘तर पनि म भोकललाई नै फोकस गरिरहेको छु । म गायकै बनेर चिनिन चाहन्छु । र अबको केही समय भित्रनै आधा दर्जन भन्दा बढी गीत बजारमा ल्याउने तयारीमा छु । ‘

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL