Breaking News Friday, 3 Mar, 2017
Prestige Media

भागबन्डा चाहिन्न भन्नेले धेरै भाग खोजे

काठमाडौँ, २० फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न निर्धारित समयमा नै तीनवटा चुनाव सम्पन्न गर्नुपर्ने बताउनुभएको छ ।

नेपाली काँग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक सङ्घको चौथो राष्ट्रिय महाधिवेशनको शुभारम्भ गर्दै उहाँले मुलुकको भौगोलिक कारणले पुस र माघमा निर्वाचन गर्न उपयुक्त नरहेकाले मङ्सिरभित्र सबै चुनाव गर्नुपर्नेमा जोड दिनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका देउवाले सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन सफल बनाउन सबैको सहयोगको अपेक्षा गर्नुभयो ।

प्राध्यापक सङ्घ बुद्धिजीवी संस्था भएकाले प्रजातन्त्रमाथि आएको चुनौतीलाई समाधान गर्न पार्टीलाई सुझाव दिनुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो – “नयाँ नेतृत्वका लागि चुनाव गर्नुस्, चुनावले प्रजातन्त्र बलियो गर्छ, भागबन्डाबाट वाक्क भए, भागबन्डा चाहिन्न भन्नेले धेरै भाग मागेका छन् ।”

सोही पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय प्रतिक्रियावादी र अन्तर्राष्ट्रिय शक्तिले मुलुकमा विभिन्न स्वार्थसिद्ध गर्नका लागि हस्तक्षेप बढाउँदै गरेकाले देश लथालिङ्ग भएको बताउँदै अहिलेको अवस्थामा प्रजातन्त्रवादी प्राध्यापकले विज्ञ समूहका रुपमा देशको राष्ट्रियता र एकताका निमित्त पार्टीलाई दिशानिर्देश गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

रक्षामन्त्री बालकृष्ण खाँणले प्राज्ञिक उन्नयन र प्रजातन्त्रको रक्षाका लागि प्राध्यापक क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो ।

नेपाल प्राध्यापक सङ्घका अध्यक्ष रामेश्वर उपाध्यायले राजनीतिक दलले भागबन्डामा प्रहरी प्रमुख, राजदूत नियुक्ति गर्दा त्यसमा प्रजातन्त्रका लागि सङ्घर्षशील पार्टी नेपाली काँग्रेसले पनि साथ सहयोग गरेकामा चिन्ता व्यक्त गर्नुभयो ।

प्रजातन्त्रवादी प्राध्यापक सङ्घका अध्यक्ष वासुदेव घिमिरेले नयाँ संविधानअनुसार प्रादेशिक संरचनामा संस्थालाई विकास गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

शनिबारसम्म जारी रहने सो महाधिवेशनमा एक हजार २७२ प्रतिनिधि सहभागी छन् । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL