Breaking News Wednesday, 22 Feb, 2017
Prestige Media

‘नेपाल लगानी गन्तव्य बनेको सन्देश’

काठमाडौँ, ११ फागुन । बाह्य लगानीका लागि नेपाल आकर्षक गन्तव्यका रुपमा विकास भएको सन्देश अन्तर्राष्ट्रिय जगत्मा प्रवाह गर्न नेपाल पूर्वाधार सम्मेलन सफल भएको छ ।

सरकारको सहयोगमा नेपाल उद्योग परिसङ्घको आयोजनामा गत सोमबार यहाँ नेपाल पूर्वाधार शिखर सम्मेलन सम्पन्न भएको थियो । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा परिसङ्घले सम्मेलन नेपालीमाझ विकास–निर्माणको बहस चलाउन र सम्मेलनका सुझावलाई कार्यान्वयनको चरणमा पु¥याउने प्रस्थान बिन्दु निर्धारण भएको जनाइएको छ ।

नेपालमा लगानीको वातावरण क्रमशः बन्दै गएको र लगानीको प्रतिफल प्राप्त हुने कानुनी सुनिश्चितता रहेको सन्देश पनि सम्मेलनले अन्तर्राष्ट्रिय लगानीकर्तामा प्रवाह गरेको जानकारी दिँदै परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले भन्नुभयो, “हामी उत्साहित छौँ, कार्यान्वयन गर्ने निकाय सरकार हो, सरकारप्रति पनि हामी आशावादी छौँ ।”

पूर्वाधार विकासबाट मात्र आर्थिक वृद्धिका साथै जनताको जीवनस्तर उकासिने र रोजगारीका अवसर सिर्जना हुने भएकाले सरकारसँगको सहकार्यमा आफूहरू देशको आर्थिक विकासमा सघाउन प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । हालसम्म मुलुकमा सार्वजनिक निजी साझेदारीसम्बन्धी ऐनकानुन नरहेको जानकारी दिँदै उहाँले त्यस्तो कानुन तर्जुमा गर्न सम्मेलनले सरकारलाई झक्झकाएको स्पष्ट गर्नुभयो ।

एक पृथक प्रसङ्गमा उहाँले स्थानीय तह निर्वाचनको स्वागत गर्दै त्यसले मुलुकको अर्थतन्त्र गतिशील मात्र नभई व्यवसाय प्रवद्र्धन र औद्योगिक वातावरण निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । सम्मेलनमा भारत, चीन, बङ्गलादेश, भुटान, इजरायल, सिङ्गापुर, मलेसिया, संयुक्त अरब इमिरेट्स, फ्रान्स, चेक गणतन्त्र र अमेरिकाका लगानीकर्ताले भाग लिएका थिए । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL