मनोरञ्जन
Tuesday, 21 Feb, 2017
सुन साइला सुन साइला भन्दै कभर गीत मार्फत साइलालाई अतिनै मिठो आवाजमा जवाफ फर्काइन सुनिताले ।(भिडियो सहीत )
कालीप्रसाद बास्कोटा र हिमाल साउदको शब्द कालीप्रसाद बास्कोटाकै म्युजिक अनी हेमन्त रानाको अतिनै मिठो आवाजमा केहीदिन अगाडिमात्रै सार्वजनिक भएको बहुचर्चित ‘सुन साइली’ नामक बोलको गीत अहिले अत्याधिक चर्चाको शिखरमा रहेको छ । जती सुन्दर गीत छ गौरब पहरी र मेनुका प्रधानको सशक्त अभिनयले उक्त गीतलाई त्यतिनै जिबन्त बनाएको छ । यो गीतको लोकप्रियता सङगै यसगीतलाई कभर गीत बनाउने हरुको पनी होडबाजी चलेको छ सोही क्रममा भर्खरै मात्र गायन क्षेत्रमा उदाउदै गरेकी गायिका सुनिता राइले पनि फरक अन्दाजमा ‘सुन साइली बोलको’ बहुचर्चित गीतको जवाफ कभर गीत मार्फत फर्काइएकी छिन ।
“सुन साइला सुन साइला प्रदेश बाट फर्कीआउ
सुन साइला साइला आफ्नै देशमा रमाउ”
उक्त कभर गीत PMC TV NEPAL नामक यु-टुयुब च्यानल बाट सार्वजनिक भएको छ । (भिडियो हेर्नुहोस )







