Breaking News Wednesday, 16 Sep, 2026
Prestige Media

भाइरल आमा’ लाई बाससँगै जुम्ल्याहा छोरीको स्कुलको चिन्ता

भदौ १० गते बिहान ९:३० बजेतिर रसुवा बेत्रावतीस्थित त्रिशूली किनारको एक घरमा डेरा बस्ने बममाया तामाङ आफ्ना जुम्ल्याहा छोरीलाई दालभात खुवाउँदै थिइन्।

पाँच वर्षीया छोरीहरूलाई स्कुल पठाउनुअघि खाना खुवाइरहेकै बेला त्रिशूली–भोटेकोशीमा एक्कासि सुनामीरूपी बाढी उर्लियो।

बममायाको त्यो सामान्य बिहान एकाएक त्रासदीमा बदलियो।

‘दुई चम्चा मात्र खुवाएकी थिएँ, भूकम्प आएजस्तो भयो, पानीको छिटा पनि भित्र आयो,’ २० दिनअघिको विध्वंशकारी बाढी बेत्रावती क्षेत्रमा आइपुगेको क्षण सम्झिँदै २२ वर्षीय बममाया तामाङले सोमबार भनिन्।

उनी डेरा बस्ने घर स्थानीय ट्रिनिटी स्कुलसँगै जोडिएको थियो। बममायाले स्कुलका बच्चाहरू आत्तिएर ममी भन्दै कराएको सुनिन्।

मानिसहरू माथितिर भागौं भन्दै दौडिएको देखेपछि बममाया पनि दुई बालख छोरी समातेर भाग्न थालिन्।

‘दौडिएर अलि माथि पुगेपछि त म बेहोस भएछु। होस खुल्दा छोरीहरू मलाई हेरेर रोइरहेका थिए। तलतिर बेत्रावती बाढीले पूरै सोत्तर बनाइसकेछ,’ उनले भनिन्।

होस खुलेलगत्तै बममाया बाढीबाट बच्न हतासिँदै दगुरिन्। दुईतिर हातले एक–एक छोरी समातेकी थिइन्। छोरीहरू स्कुल ड्रेसमै थिए।

यसरी उनीहरू तीन जना माथितिर भाग्दै गरेको भिडिओ सामाजिक सञ्जालसँगै विश्वभरका मिडियामा भाइरल बन्यो। त्यसमा उनीहरू भाग्दै गर्दा एक छोरी र उनी लडेको तर बममायाले तुरून्तै उठाएर उकालोतिर भाग्न सफल भएको प्रस्ट देख्न सकिन्छ।

भिडिओमा पछाडि त्रिशूलीमा बग्दै गरेको देखिने गुलाबी रङको घरको भुइँतलामा उनको कोठा थियो।

‘एक–दुई सेकेन्ड मात्र ढिला भएको भए हामीलाई पनि बाढीले बगाउने रहेछ,’ उनले लामो सुस्केरा हाल्दै भनिन्।

उनीहरू बाँच्न सफल भए पनि त्यसै क्षेत्रमा बस्दै आएका बममायाका आमा, बुबा, हजुरआमा र ठूलीकान्छी बहिनीलाई बाढीले बेपत्ता बनाइदियो। अझै फेला पर्न सकेका छैनन्।

त्यस बिहान बममायाले मात्रै आफ्ना १२ जना आफन्त गुमाइन्। तहसनहस भएको रसुवा, नुवाकोट र धादिङका त्रिशूली किनारमा परिवारजन र आफन्त नगुमाउने मानिस भेट्न मुस्किल छ।

बाढीमा १३ सय जनाभन्दा बढीको ज्यान गएको छ भने ५ हजारभन्दा बढी अझै बेपत्ता छन्। करिब ७० हजार मानिस प्रभावित छन्। पुनर्निर्माणका लागि करिब ५ अर्ब अमेरिकी डलर खर्च लाग्ने सरकारी अनुमान छ।

बाढीबाट बच्न सफल भएपछि बममाया रसुवाको कालिकास्थान क्षेत्रको पहाड उक्लिएर आफ्नो माइतीघर तादी क्षेत्र पुगिन्। तादी नदी तरेर दुई दिन लगाएर नुवाकोट सदरमुकाम विदुरको बट्टार बजार आइपुगिन्।

त्यहाँ केही दिन एक आश्रयस्थलमा बसेपछि उनी बट्टारमै बस्दै आएकी दिदीको शरणमा पुगेकी छन्।

‘छोरीहरू अस्थायी शेल्टरमा बस्नै सकेनन्। बाढी आउँछ भनेर रोएको रोयै गरे। त्यसपछि दिदीकोमा बसिरहेका छौं,’ उनले भनिन्।

उनका श्रीमान सन्देश तामाङ टिपर चालक हुन्। कामको सिलसिलामा हिजोआज बागमती प्रदेशका विभिन्न जिल्ला पुगिइरहन्छन्। पेट पाल्न उनी काममा फर्किइसकेका छन्।

बममायालाई छोरीहरूको औधी माया लाग्छ। आफूले धेरै पढ्न नपाएकाले उनी प्रिस्मा र प्रिन्सीलाई धेरै पढाउन चाहन्छिन्। नानीहरूलाई ठूलो मान्छे बनाउन चाहन्छिन्।

त्यसैले उनीहरूलाई निजी स्कुल पढाउन भनेर पैसा कमाउन उनी दुई वर्षअघि देशै छाडेर खाडी देश कुवेत पुगेकी थिइन्।

कुवेत सहर नजिकैको एक घरमा घरेलु कामदार रहँदा उनले महिनामा ४९ हजार रूपैयाँ कमाउँथिन्।

‘दिनमा १८ घन्टा काम गरेर कमाएको पैसा छोरीहरूको पढाइमा खर्च गरेँ। श्रीमानको तलबले पुग्दैन थियो। तर धेरै दुःख भएपछि गत जेठमा नेपाल फर्किएँ। अहिले अब हाम्रो सरसामान, कोठा भएको घर सबै बगायो। अब के गर्ने होला? छोरीहरूलाई कसरी पढाउने होला,’ बममायाले भनिन्।

यसअघि बममायाको परिवार र आफन्त भूकम्पपीडित भएका थिए। उनी त्यति बेला ११ वर्षकी थिइन्। भूकम्पले घर भत्काइयो, कान्छी बहिनी पनि लगिदियो। त्यो पीडाले उनको परिवारलाई अझै पनि पोलिरहन्छ।

रसुवाको तिरू क्षेत्रको गोगनेको घर भत्किएपछि उनको परिवार विस्थापित भयो। करिब १०० परिवार त्रिशूली किनारमा पर्ने खाल्टे क्षेत्रमा स–साना टहरा घर बनाएर बस्न थाले।

बममायाको ठूलोबुबाको छोरा सन्देश तामाङले हालै त्यहीँ ११ कोठाको पक्की घर बनाएका थिए। केही वर्ष जापान गएर पैसा कमाएर ल्याएका थिए।

‘हामीलाई पीडा माथि पीडा थपिएको छ,’ हालै बट्टारको एक आश्रयस्थलमा भेटिएका उनले भने, ‘एकातिर आफन्त हराएका छन्, गुमेका छन्। अर्कोतिर हाम्रो जीवनभरको कमाइले बनेको घर खोलाले बगाइदियो हामीलाई सुरक्षित स्थानमा घर चाहिएको छ। हामीलाई यो सरकारले हेर्ला र?’

उनका छिमेकी कर्मा तामाङको पीडा उस्तै छ।

‘हामी पहिले भूकम्पपीडित, अहिले बाढीपीडित। घर पनि छैन, करिब १०० जना आफन्त पनि छैनन्। यो सरकारले हामीलाई छिटोभन्दा छिटो सहयोग गरोस्,’ उनले भने।

बममायाकी जुम्ल्याहा छोरीजस्तै त्रिशूली बाढीका कारण पीडित वा असहाय बन्न पुगेका बालबालिका धेरै छन्। युनिसेफका अनुसार करिब १७ हजार बालबालिका बाढीका कारण प्रत्यक्ष प्रभावित बनेका छन्। उनीहरूले आफ्ना विद्यालय, साथीसंगी, कतिपयले आमाबुबा र धेरै आफन्त गुमाएका छन्।

बममायालाई जुम्ल्याहा छोरीको चिन्ता लागेको छ।

उनको भिडिओ भाइरल भएर धेरैले उनलाई ‘महान आमा’ भनेका छन्। तर बाढीको कहरले बममाया र उनीजस्तै हजारौं आमाको जीवन उल्टोपाल्टो भएको छ।

बममाया अहिले बट्टारमा नयाँ कोठा खोज्दैछिन्। पाएकी छैनन्। छोरीहरूलाई दिनभर बट्टारको श्री युनाइटेड आधारभूत विद्यालयको चौरमा खेलाउँछिन्।

‘असोज १ गते यो स्कुल खुल्छ रे, त्यसपछि छोरीहरूलाई कहाँ लैजाने होला,’ बममायाको दुःख सकिएको छैन।

उनीहरू उत्तरगया स्कुल पढ्थे। स्कुल बाढीले बगाइहाल्यो।

आफ्ना कलिला बालबालिकाको पढाइ–लेखाइबारे चिन्तित बममाया जस्ता अभिभावकको चिन्ता सम्बोधन गर्न नेपाल सरकारले के गर्दै होला?

शिक्षा तथा खेलकुद मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव श्रीप्रसाद भट्टराईका अनुसार रसुवा, नुवाकोट र धादिङमा गरी जम्मा ३१ विद्यालय बाढीबाट प्रभावित भएका छन्।

तीमध्ये झन्डै आधाको स्कुल भवनमा क्षति पुगेको छ।

उनले भने, ‘त्यसैले ती स्थानमा बालबालिकाको पठनपाठन सुरू गर्न स्थानीय तहसँग सहकार्य गर्दै पायक पर्ने विद्यालयमा विद्यार्थी पठाउने वातावरण तयार पार्ने काम सुरू भइसकेको छ।’

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

दुई युवकमाथि अभद्र व्यवहारमा अनुसन्धान क्रममा भेटियो पेस्तोल

कञ्चनपुर, सिन्धुपाल्चोक, अर्घाखाँचीसँगै धादिङ र गोरखाको सीमा क्षेत्रमा धेरै भारी वर्षा

आज प्रधानमन्त्री बालेनले सांसदका प्रश्नको जवाफ दिने

गरिमाका बुबा-आमासँग सहमति : कानुन संशोधनको सुझाव दिन कार्यदल, सिमरामा सालिक

शंखमुलको होस्टलमा धारिलो हतियार प्रहार गरेर युवकको हत्या

जेलबाट अस्पताल सारियो पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई

सुदूरपश्चिम प्रदेश सभामा कांग्रेस सांसदले सभामुख भण्डारीलाई ‘सांसद पदका यमराज’ भनेपछि

प्रादेशिक अस्पताल भद्रपुरमा प्रसूति सेवालिने सेवाग्राहीको चाप उच्च

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

त्रिभुवन विमानस्थलबाट वायुसेवा निगमका दुई जना कर्मचारी पक्राउ

आजबाट चौबिसै घण्टा खुल्न थाल्यो भक्तपुरको भाटभटेनी

आयल निगमले आज ग्यास नबाँड्ने, पायक पर्ने विक्रेताबाट किन्न अनुरोध

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL