Breaking News Friday, 2 Aug, 2024
Prestige Media

ऊर्जा क्षेत्र विकासका लागि जलस्रोतमन्त्रीले गरे पूर्वसचिवहरूसँग छलफल

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले देशको ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रको विकासका लागि पूर्वसचिवहरूसँग छलफल गरेका छन्। ऊर्जामन्त्री खड्काले मन्त्रालयको विद्यमान अवस्था र भावी कार्ययोजनाबारे मन्त्रालयका पूर्वसचिवसँग बुधबार छलफल गरेका हुन्।
छलफलका क्रममा मन्त्री खड्काले पूर्वसचिवको अनुभवलाई समेटेर भावी कार्ययोजना बनाएर अगाडि बढ्ने बताए। ‘तपाईंहरूले नेपालको ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा काम गरेर अनुभव हासिल गर्नुभएको छ। यहाँहरूको अनुभवले मन्त्रालयलाई भावी कार्ययोजना निर्माणमा सहयोग पुग्नेछ’, उनले भने।
मन्त्री खड्काले ऊर्जा र सिँचाइ क्षेत्रको विकासका लागि अप्ठ्यारा ऐन, नियम, कार्यविधि र नियमावली संशोधन गरेर अगाडि बढ्ने बताए।
मन्त्रालयका पूर्वसचिव दिनेश घिमिरेले आन्तरिक खपत बढाउने गरी ऊर्जा क्षेत्रको विकास गर्नुपर्ने उनको भनाइ छ। उनले जलाशययुक्त आयोजनामा लगानी जुटाउन सके छोटो समयमा नेपालको ऊर्जा क्षेत्रले फड्को मार्ने उल्लेख गरे।
पूर्वसचिव अनुप उपाध्यायले ऊर्जा क्षेत्रको विकासका लागि लगानीयोग्य वातावरण निर्माण गर्नुपर्ने बताए। उनले जति चाँडो आयोजना निर्माण गर्न सक्यो त्यति नै मुलुकका लागि फाइदा हुने धारणा व्यक्त गरे। पूर्वसचिव सुशीलचन्द्र तिवारीले सरकारले सिँचाइ क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्ने बताए। सात वटा राष्ट्रिय गौरवका आयोजना भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले उक्त आयोजनालाई चाँडोभन्दा चाँडो पूरा गर्न लाग्नुपर्ने बताए।
पूर्वसचिव सागरकुमार राईले जलस्रोत संरक्षणलाई मन्त्रालयले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए। उनले खर्बौं लगानी गरेर सिँचाइ आयोजना बनाए पनि सिँचाइबापतको सेवाशुल्क नउठाउँदा उक्त आयोजना मर्मतसम्भारमा समस्या हुने गरेको बताए।
छलफलमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका ऊर्जासचिव गोपालप्रसाद सिग्देल, जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, मन्त्रालयअन्तर्गतका विभिन्न विभागका महानिर्देशक तथा मन्त्रालयका सहसचिवको सहभागिता थियो।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

विद्यार्थी ओराल्दा विद्यालयको बसले एक बालिका र सहचालक किच्यो, दुवैको मृत्यु

पराग्वेसँग पराजित हुँदै चार पटकको विजेता जर्मनी बाहिरियो

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

पेट्रोलियम पदार्थको मूल्य घट्न केही समय लाग्छ : अर्थमन्त्री

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

मध्यरातपछि सुरू भयो रास्वपाको मतदान, अहिलेसम्म कतिले भोट हाले?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL