प्रमुख समाचार
Monday, 22 Jul, 2024
सर्भर डाउन भएपछि यातायात कार्यालयका सेवा अवरुद्ध
काठमाडौं– सर्भर डाउन हुँदा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका देशभरिका यातायात कार्यालयको सेवा अवरुद्ध भएको छ।
सर्भर डाउन हुँदा देशभरका यातायात कार्यालयको सेवा ठप्प भएको यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले बताएका हुन्।
प्राविधिक टोलीले समस्या समाधान गर्ने प्रयास गरिरहेको उनले जानकारी दिए।
सर्भर डाउन भएसँगै कार्यालयबाट काम नहुँदा सेवाग्राही समस्यामा परेका छन्।
‘सर्भर डाउन भएर देशभरका यातायात कार्यालयको काम प्रभावित भएको छ। सर्भर सिस्टममा ल्याउने काम भइरहेको छ,’ उनले भने।







