प्रमुख समाचार
Monday, 24 Jun, 2024
मेलम्ची बाढीले बगायो अस्थायी पुल
काठमाडौं– गए रातीको वर्षापछि आएको बाढीले मेलम्चीमा अस्थायी पुल बगाएको छ। मेलम्ची नगरपालिका–११ स्थित फट्टेमा अस्थायी पुल बगाएको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिए।
२०७८ को बाढीले पुल बगाएपछि सो स्थानमा ह्युमपाइप राखेर अस्थायी पुल निर्माण गरिएको थियो। मेलम्ची बजार र मेलम्ची नगरपालिका–७ र ८ तथा पाँचपोखरी थाङपाल गाउँपालिका–१ र २ तथा हेलम्बुको केही वडालाई सो अस्थायी पुल जोडेको थियो।
पुल बगाउँदा वडाभित्रै एक गाउँबाट अर्को गाउँ जान असहज भएको छ। मेलम्चीका मेयर तामाङका अनुसार वर्षा सुरु भएसँगै रातीको वर्षाले पुलमा क्षति पुगेको जनाउँदै अब ह्युमपाइप झिकेर सुरक्षित राखिनेछ।







