Breaking News Monday, 9 Jan, 2017
Prestige Media

‘निर्वाचनका लागि वातावरण बनाउन संविधान संशोधन’

काठमाडौँ, २५ पुस । उपप्रधानमन्त्री विमलेन्द्र निधिले सरकार तीन निर्वाचन गराउने मुख्य उद्देश्य लिएर बनेकाले निर्वाचनका लागि राजनीतिक वातावरण बनाउन संविधान संशोधन विधेयक ल्याइएको बताउनुभएको छ ।

‘स्थानीय तह निर्वाचन विधेयक, २०७३’ माथिको सैद्धान्तिक छलफलमा संसद्को आजको बैठकमा उठेका प
प्रश्नबारे जवाफ दिँदै उहाँले सबै कानुनको टुङ्गो गराउन संसद् नै एक मात्र थलो हो भन्नुभयो । उहाँले निर्वाचनसम्बन्धी अन्य बाँकी विधेयक ल्याइने र समयमा स्थानीय तहको निर्वाचन गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
गृहमन्त्री निधिले स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदनलाई सरकारले अध्ययन गरिरहेको अवगत गराउँदै प्रदेशको सङ्ख्या सीमाङ्कन र संरचनाबारेमा पनि छलफल चलिरहेको जानकारी दिनुभयो । त्यसअघि मन्त्री निधिले बैठकमा विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

विधेयक आएकामा स्वागत

सरकारले व्यवस्थापिका–संसद्मा ‘स्थानीय तह निर्वाचन विधेयक, २०७३’ प्रस्तुत गरेकामा विपक्षी दलले स्वागत गरेका छन् । डेढ दशकदेखि स्थानीय निकायको निर्वाचन नभएका सन्दर्भमा विधेयकले नयाँ संरचनामा निर्वाचन गर्ने आधार तय गरेकाले चाँडो पारित गरेर निर्वाचनको मिति तोक्न सत्ता र विपक्षमा रहेका सांसदको समान मत पनि देखिएको छ ।

सो विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै नेकपा (एमाले)का प्रकाश ज्वालाले विधेयक आउनु सकारात्मक हो भन्दै त्यसमा स्थानीय तह तोकिएर आएकाले अब पुरानो संरचनामा स्थानीय निकाय गर्ने भन्नेबारे छलफल गर्नु आवश्यक नभएको जनाउनुभयो । सोही दलका शेरबहादुर तामाङले आउँदो वैशाखभित्र स्थानीय तहको निर्वाचन गर्न आग्रह गर्नुभयो । नेपाली काँग्रेसका कमलप्रसाद पङ्गेनी, रामचन्द्र पोखरेल र हरिप्रसाद नेपालले विधेयकको समर्थन गर्दै चाँडो पारित गराउन आग्रह गर्नुभयो ।

नेपाल मजदुर किसान पार्टीका डिल्लीप्रसाद काफ्लेले विधेयकमा कार्यकाल सकिएपछि अर्काे निर्वाचन गर्ने मिति तोक्न माग गर्नुभयो । छलफलमा गुरुप्रसाद बुर्लाकोटी, टेकबहादुर बस्नेत, प्यारेलाल राना, महेन्द्रबहादुर शाही, मीना पुन, कर्णबहादुर थापा, निशाकुमारी साह, अनन्तप्रसाद पौडेल, रामेश्वर फुयाँल, श्यामकुमार श्रेष्ठ, कुन्तीकुमारी शाही, मदनकुमारी (गरिमा) शाह, नीता रावल, पर्शुराम तामाङ, गीता राणा क्षेत्री, मोहन टुडु, आदित्यनारायण कसौधन, खड्गबहादुर बस्याल, चन्द्र महर्जनलगायतले लामो समयसम्म स्थानीय निकायको निर्वाचन हुन नसकेको परिस्थितिमा सहमतिमा स्थानीय निर्वाचनसम्बन्धी कानुन पारित गरी शीघ्र निर्वाचनको मिति तोक्न सरकारलाई आग्रह गर्नुभयो ।
गणपूरक सङ्ख्या नपुगेपछि स्थगित

व्यवस्थापिका–संसद्को बैठकमा गणपूरक सङ्ख्या नपुगेपछि ‘स्थानीय तह निर्वाचन विधेयक, २०७३’ विचार गरियोस् भन्ने प्रस्ताव पारित हुन सकेन । संसद्मा नेपालको संविधानको धारा ९४ बमोजिम कुनै पनि प्रस्ताव निर्णयार्थ पेस गर्न संसद्को हाल कायम रहेको सङ्ख्याको कम्तीमा एक चौथाइ सदस्य सङ्ख्या उपस्थित हुनुपर्नेमा उक्त सङ्ख्या नपुगेपछि बैठक आधा घन्टाका लागि स्थगन गरिएको छ ।

सो प्रस्तावलाई सभामुख ओनसरी घर्तीले निर्णयार्थ प्रस्तुत गर्दा बैठकमा सांसद काफ्लेले गणपूरक सङ्ख्याको प्रश्न उठाउनुभएको थियो । त्यसपछि सभामुख घर्तीले जनाउ घन्टी बजाउन लगाई गणपूरक सङ्ख्या यकिन गर्दा बैठकमा ११६ सदस्यको मात्र उपस्थिति रहेको देखियो ।

प्रस्ताव पारित गर्न हाल कायम संसद् सदस्य सङ्ख्याको एक चौथाइ अर्थात् १४९ सदस्य हुनुपर्नेमा सो सङ्ख्या नपुगेपछि सभामुख घर्तीले बैठक आजै आधा घन्टाका लागि स्थगन गरिएको घोषणा गर्नुभयो । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL