प्रमुख समाचार Wednesday, 3 Apr, 2024
Prestige Media

संसदीय छानबिन समिति गठन नभए संसद् चल्न नदिने कांग्रेसको चेतावनी

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित रास्वपाका अन्य पदाधिकारी सहकारी ठगीमा संलग्न रहेको दाबी गर्दै प्रतिपक्षी कांग्रेसले संसदीय छानबिन समिति गठन नगरिए संसद् चल्न नदिइने चेतावनी दिएको छ। बुधबारको संसद् बैठकमा सांसद एवं पार्टी महामन्त्री विश्वप्रकाश शर्माले चैत २७ सम्म उपप्रधान तथा गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन नभए संसद् बैठक चल्न नदिइने बताएका हुन्।
प्रतिनिधिसभा बैठकमा सुरुमै समय लिएर सांसद शर्माले कांग्रेसले उठाउँदै आएको माग सम्बोधन गर्न सत्तारुढ दल र सरकार जिम्मेवार हुनुपर्ने अन्यथा संसद् चल्न नदिइने चेतावनी दिए। ‘सरकारले अर्को बैठकमा आउँदा संसदीय छानबिन समिति लिएर आओस्। हामी त्यो कुराभन्दा दायाँबायाँ हुने वाला छैनौं। रास्वपाको कोर टिम सहकारी घोटालामा संलग्न रहेकाले संसदीय छानबिन समिति गठन गर्नैपर्छ। अन्यथा संसद् चल्दैन,’ उनले भने।
कांग्रेसले सहकारी रकम हिनामिनामा गृहमन्त्रीको नाम जोडिएकाले छानबिनका लागि संसदीय समिति गठन माग गर्दै आएको छ। विगतमा प्रधानमन्त्रीको जवाफ माग गर्दा पुष्पकमल दाहालले लामिछाने निर्दोष भनेकाले शंका उब्जाएको शर्माको भनाइ थियो। पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले अनुसन्धान हुँदैछ भने पनि नयाँ समीकरण बनेपछि अनुसन्धान रोकिएको उनले बताए। अनुसन्धान रोकेर लामिछानेलाई सहकारी ठगीमा चोख्याउने नियत देखिएको उनले दाबी गरे।
रास्वपाका सहमहामन्त्री विपिन आचार्य, उपसभापति एवं श्रममन्त्री डोलप्रसाद अर्याल, सह–महामन्त्री कवीन्द्र बुर्लाकोटीसमेत सहकारी ठगीमा नाम रहेकाले गृहमन्त्रीमाथि छानबिन गरिए सबै कुरा बाहिर आउने सांसद शर्माले बताए। उनले कांग्रेसको सहमतिबेगर संसदमा कुनै प्रकारका एजेन्डा नबनाउन सभामुख देवराज घिमिरेलाई आग्रह गरे। सहमतिबेगर गरिए कांग्रेस कठोर हुने चेतावनी उनले दिए।
‘यदि प्रमुख प्रतिपक्षको सहमति बेगर या कार्य व्यवस्था परामर्श समितिमा बन्ने सहमति बेगर कुनै पनि प्रस्तुति रोस्ट्रमबाट आकस्मिक रुपमा गर्न लागियो भने त्यसमा फेरि प्रमुख प्रतिपक्षको विनम्रतापूर्वक तर उत्तिकै कठोरतापूर्वक विमति रहने कुरा पूर्वसूचना आजको हाउसमा सबैभन्दा पहिले गर्न चाहन्छु,’ सांसद शर्माले भने।
गृहमन्त्री लामिछानेले सहकारी ठगी प्रकरणबारे कांग्रेससँग खुला बहस गर्न तयार रहेको बताइरहेका बेला सांसद शर्माले संसदीय समितिमा उपस्थित भएर जवाफ दिने भए त्यसमा आफूहरु तयार रहेको बताए। गृहमन्त्रीमाथि सहकारीको ८० करोड हिनामिना आरोप लागेकाले संसदीय छानबिन समितिमा कांग्रेसले लामिछानेको जवाफ सुन्न चाहेको उनले जानकारी दिए।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

प्रधानमन्त्री बालेनसँग आज मोदीको भेटवार्ता, आजै स्वदेश फर्कने

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

अमेरिकी मध्यावधि चुनाव– प्रारम्भिक परिणाममा डेमोक्र्याटिक पार्टीको अग्रता, ट्रम्पको रिपब्लिकनलाई धक्का

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL