Exclusive News
Monday, 1 Apr, 2024
२७ निर्माण कम्पनीलाई कालोसूचीमा राखिने
काठमाडौं– तोकिएको समयमा काम पूरा नगर्ने २७ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढेको छ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले २७ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्नु नपर्नाको कारणबारे जवाफ दिन सातदिने पत्र काटेको हो।
तोकिएका कम्पनीलाई विभिन्न सार्वजनिक निकायबाट आएको सिफारीसको आधारमा कालोसूचीमा राख्न लागिएको कार्यालयले बताएको छ।
यसअघि कार्यालयले यी कम्पनीलाई ३० दिनको समय दिएर लिखित स्पष्टीकरण पेस गर्न भनेको थियो। तर, सो अवधिमा यी कम्पनीले कुनै जवाफ नदिएपछि सातदिने सूचना निकालिएको हो।
तोकिएको समयभित्र स्पष्टीकरण पेस नगरे कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाइने कार्यालयले प्रस्ट पारेको छ।







