प्रमुख समाचार Tuesday, 19 Mar, 2024
Prestige Media

सहकारी ठगी प्रकरणमा रवि लामिछाने निर्दोष रहेको प्रधानमन्त्री प्रचण्डको दाबी

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले संसद् बैठकमा सांसदले उठाएका विभिन्ना प्रश्नको उत्तर दिइरहेका छन्।
आजको प्रतिनिधिसभा कार्यसूचीमा राखिएको सांसद–प्रधानमन्त्री प्रश्नोत्तर कार्यक्रममा दाहालले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका विषयमा प्रतिपक्षी कांग्रेसले मागिरहेको राजीनामाबारे प्रस्टीकरण दिँदै सफेद रहेको दाबी गरेका हुन्। उनले भने, ‘हालसम्मको अनुसन्धानले रविजी सहकारी सञ्चालक समिति, लेखा समिति, ऋण समिति, कर्मचारीलगायत कुनै पनि जिम्मेवारी र भूमिकामा नरहेको देखिन्छ। अदालतमा विचाराधीन मुद्दामा पनि कहीँकतै जोडिएको देखिएन। अतः उहाँले राजीनामा दिने कुरा पनि हुँदैन र बदमासी पनि गर्नुभएको छैन।’
प्रधानमन्त्रीले सूर्यदर्शन बचत तथा सहकारी संस्थाका १ हजार बढी बचतकर्ताले आफ्नो रकम हिनामिना गरेको भन्दै २०८० साउन २२ मा दिएको जाहेरीमा रविको नाम कतै उल्लेख नगरिएको दाबी गरे।
अनुसन्धानका क्रममा रविको नाममा प्रवाह भएको ऋण फरछ्योट भइसकेको जानकारी आफूले पाएकाले सहकारी ठगीमा संलग्न हुनै नसक्ने उनले बताए। ‘मूल उजुरी परेको ६ महिनापछि माघ १६ मा कास्की जिल्ला प्रहरी कार्यालयमा पूरक जाहेरी दिइएको थियो। जाहेरीमा लामिछानेसमेत १८ व्यक्ति तथा कम्पनीलाई विपक्षी बनाइएको थियो। मूल उजुरीपछि थप प्रमाण भेटिएमा पुरक जाहेरी दिई अनुसन्धान गर्न सकिने प्रावधान हुन्छ। तर, उक्त जाहेरीमा उहाँ सहकारी हिनामिनामा संलग्न भएको कुनै पनि आधार प्रमाण पेस गरिएको छैन। एक पटक अनुसन्धान सकिएर अदालतमा मुद्दा दायर भइसकेको मुद्दामा यस्तो आधार प्रमाण बिनाको जाहेरी पुनः दर्ता गर्न आवश्यक हुँदैन। त्यसैले प्रहरीले कानुनबमोजिम नै उक्त जाहेरी छुट्टै दर्ता गर्नसमेत उपयुक्त ठानेन’, प्रधानमन्त्रीले लामिछानेको बचाउमा भने।
प्रधानमन्त्रीले सुशासन कायम गर्ने सवालमा आफूले कसैसँग कुनै पनि सम्झौता नगर्ने बताए। प्रतिनिधिसभाका सांसदले सोधेका प्रश्नको जवाफमा प्रधानमन्त्री प्रचण्डले अनुसन्धानबाट कैफियत देखिए जोकसैलाई नछाडिने दाबी गरे। आफूले सरकारको नेतृत्व गरेदेखि नै ठूलाठूला भ्रष्टाचार, सुन तस्करी, जग्गा हिनामिनालगायत काण्डको छानबिन भइरहेका उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यसलाई अझै प्रभावकारी बनाइने बताए। कांग्रेसले गृहमन्त्री लामिछानेको नैतिकतामाथि प्रश्न उठाउँदै राजीनामा माग्दै आएको छ। भ्रष्टाचार नियन्त्रणका लागि कठोर कदम चालिरहेको प्रधानमन्त्रीले कुनै पनि मन्त्रीबाट बदमासी भए तुरुन्तै कारबाही गर्ने उनको भनाइ थियो।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

प्रधानमन्त्री बालेनसँग आज मोदीको भेटवार्ता, आजै स्वदेश फर्कने

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

अमेरिकी मध्यावधि चुनाव– प्रारम्भिक परिणाममा डेमोक्र्याटिक पार्टीको अग्रता, ट्रम्पको रिपब्लिकनलाई धक्का

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL