गण्डकीमा मन्त्रिपरिषद् पुनर्गठन, मन्त्री बने दीपक मनाङे
काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। मुख्यमन्त्री पाण्डले मन्त्रिपरिषद् पुनर्गठनमा सत्तारुढ नेकपा एसका सांसद रहे पनि पार्टी परित्याग गरेका प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङे० लाई भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा नियुक्त गरेको उनका प्रेस संयोजक नरहरि सापकोटाले जानकारी दिए।
गुरुङले आइतबार मात्रै नेकपा ९एकीकृत समाजवादी० सँगको दलीय आबद्धता परित्याग गरी स्वतन्त्र हैसियतमा रहेको दाबी गर्दै प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका थिए। पुनर्गठित मन्त्रिपरिषद्मा कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको थप जिम्मेवारी दिइएको सापकोटाले बताए। मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइसकिएकाले नवनियुक्त मन्त्रीको सपथ सम्भवतः आजै गराइने उनले जानकारी दिए।
यसअघि भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्रीमा नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०का रेशमबहादुर जुग्जाली र सामाजिक विकासमन्त्रीमा सुशीला सिम्खडा मन्त्री थिए। केन्द्रमा सत्ता समीकरण
बदलिएपछि मुख्यमन्त्री पाण्डेले माओवादीका प्रदेशमन्त्रीलाई हटाएका हुन्।
ध्चष्तभ तय एःऋ ल्भ्ध्क् न्च्इग्ए







