कांग्रेसले माग्यो गृहमन्त्री रवि लामिछानेको राजीनामा
काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद् बैठकमा विभिन्न काण्ड र ठगी प्रकरणमा मुछिएकालाई कारबाही गर्नुको साटो मन्त्री बनाएर पुरस्कृत गरिएको भन्दै विरोध जनाएको छ। शुक्रबारको प्रतिनिधिसभा बैठकको सुरुमै कांग्रेसका सांसदहरुले उठेर विरोध गरेपछि सभामुख देवराज घिमिरेले सांसद प्रदीप पौडेललाई बोल्न समय दिएका थिए।
सांसद पौडेलले गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएकाले अनुसन्धान गर्ने निकायमा बसेपछि छानबिन हुनै नसक्ने जिकिर गरे। एनले प्रधानमन्त्री पुष्पकमल दाहालले यसबारे सदनमा जवाफ दिनुपर्ने र गृहमन्त्री लामिछानेलाई राजीनामा दिन लगाउनुपर्ने माग गरे।
‘विगतका बैठकदेखि संसदमा प्रश्न उठ्दै आएको छ। तर प्रश्नको सामना गर्नुको साटो प्रधानमन्त्री भागेर हिँड्नुभएको छ’, पौडेलले भने, ‘प्रधानमन्त्रीले जवाफ नदिएर दोहोरो मापदण्ड अपनाउनुभयो।’
अहिलेका गृहमन्त्री पहिला प्रश्न गर्ने ठाउँमा भए पनि अहिले आफूमाथि नै प्रश्न बोकेर गृहमन्त्रीका रूपमा कसरी काम गर्नुहुन्छ भनेर प्रतिप्रश्न गरे। ‘३१ हजार सहकारीका बचतकर्ता पीडित छन्। अनुसन्धानको घेराभित्र रहको व्यक्ति अनुसन्धानको मुख्य व्यक्ति हुँदा सरकारले वित्तीय संकटलाई कसरी समाधान गर्न सक्छरु’ नैतिकताका आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्छ।’







