Exclusive News Friday, 15 Mar, 2024
Prestige Media

सुन तस्करी प्रकरणः गृहमन्त्रीले प्रधानमन्त्रीलाई बुझाए प्रतिवेदन

काठमाडौं– ६४ केजी सुन तस्करी प्रकरण छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका छन्। आयोगले गृहमन्त्री लामिछानेलाई सुन तस्करी छानबिन आयोगको प्रतिवेदन बुझाएको थियो।
आयोगले प्रतिवेदन बुझाएलगत्तै गृहमन्त्रीले सुन तस्करीमा संलग्नलाई कारबाही प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीसँग भेट गरेका हुन्। प्रधानमन्त्रीसँग भेट गरेलगत्तै उनले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई तस्करीमा संलग्नलाई पक्राउ कसरी गर्ने भन्नेबारे विमर्श गरेको बुझिएको छ।
सुरुमा भन्सार विभागले छानबिन गरिरहेको ६० केजी सुन तस्करी प्रकरणलाई निष्कर्षमा लैजान सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०लाई सुम्पिएको थियो। तर, सीआईबीले सुन तस्करी प्रकरणमा संदिग्ध सत्तारुढ नेकपा माओवादी केन्द्रका नेताहरु क्रमशः कृष्णबहादुर महरा, हालका अर्थमन्त्री वर्षमान पुन, पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरालगायतसँग बयान नलिई प्रतिवेदन तयार पारेपछि त्यसको विश्वसनीयतालाई लिएर प्रश्न उब्जिरहेका छन्।
पूर्वउपराष्ट्रपतिको सचिवालय नै सुन तस्करी प्रकरणमा संलग्न भएका समाचार विभिन्न सञ्चार माध्यममा आइरहे पनि सत्तारुढ हुनुको नाताले नेकपा माओवादी केन्द्रका नेताहरुमाथि छानबिन नगरिएको बताइन्छ। यद्यपि महराका छोरालाई सीआईबीले सुन तस्करी प्रकरणबारे सामान्य सोधपुछ गरेर केही महिनाअघि छाडेको थियो।
पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको आयोगले करिब ५ महिनाको छानबिनपछि गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको हो।
हङकङबाट तस्करी गरेर ल्याइएको ६० किलो र इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर दुबईबाट ल्याइएको सुनबारे आयोगले छानबिन गरेको थियो। विद्युतीय चुरोट ९भेप० र सवारीसाधनका ब्रेक–सु लगायतमा लुकाएर ल्याएको सुनसम्बन्धी छानबिन गरी संलग्नमाथि कारबाही सिफारिस गर्न सरकारले गत असोज १४ मा पूर्वन्यायाधीश आचार्य अध्यक्षताको ४ सदस्यीय आयोग गठन गरेको थियो। आयोगले आज गृहमन्त्री लामिछानेलाई प्रतिवेदन सुम्पिएको हो।
गृहमन्त्रीले आयोगले आफूलाई बुझाएको प्रतिवेदन प्रधानमन्त्री दाहाललाई बालुवाटार निवास पुगेर बुझाएका हुन्। प्रधानमन्त्रीले सुन तस्करी प्रकरणमा जाँचबुझ आयोगले दोषी ठहर गरेकालाई कारबाही गर्न आफूलाई निर्देशन दिएको गृहमन्त्री लामिछानेले प्रतिवेदन बुझाएपछि पत्रकारलाई जानकारी दिए। सुन तस्करीमा आयोगले किटान गरेका व्यक्तिलाई कारबाही गर्न कसैको दबाब र प्रभावमा नपरी अघि बढ्न प्रधानमन्त्रीले निर्देशन दिएको उनको भनाइ छ।
‘सुन तस्करी नियन्त्रण गर्न र तस्करीमा संलग्नलाई कारबाही गर्न गृह मन्त्रालय संयन्त्र परिचालनका लागि प्रधानमन्त्रीले गृहमन्त्रीलाई निर्देश गरेको प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए। प्रधानमन्त्रीले यसअघि पनि बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरण, भुटानी शरणार्थी प्रकरणजस्तै सुन तस्करी प्रकरणमा संलग्नलाई पनि बेरोकतोक कारबाही गर्न गृहमन्त्रीलाई निर्देशन दिएको उनले जानकारी दिए।
सुन तस्करी प्रतिवेदनले सीआईबी प्रमुख, तत्कालीन एयरपोर्ट भन्सार अधिकृत, नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालगायत दर्जन बढीलाई कारबाही गर्न सिफारिस गरेको छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

इरानले भन्यो- खामेनी हत्याको बदला अवस्य लिनेछौं

ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

पराग्वेसँग पराजित हुँदै चार पटकको विजेता जर्मनी बाहिरियो

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

पेट्रोलियम पदार्थको मूल्य घट्न केही समय लाग्छ : अर्थमन्त्री

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL