Exclusive News Wednesday, 13 Mar, 2024
Prestige Media

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

काठमाडौं– गत वर्ष पुस १० मा प्रधानमन्त्री नियुक्त भएका पुष्पकमल दाहाल प्रचण्डले १४ महिनामै प्रतिनिधिसभाबाट तेस्रोपल्ट विश्वासको मत पाएका छन्। बुधबार प्रतिनिधिसभामा गरिएको मत विभाजनमा प्रधानमन्त्रीलाई १५७ सांसदले समर्थन गरेका हुन्। प्रतिपक्षी कांग्रेसलगायत दलका ११० सांसदले प्रधानमन्त्रीलाई समर्थन गरेनन्। एमालेसँगको सत्ता गठबन्धनका बेला पहिलोपल्ट पुस २६ मा प्रतिनिधिसबाट विश्वासको मत पाएका प्रधानमन्त्रीले त्यसपछि चैतमा कांग्रेस क्याम्पमा हाम फालेपछि पुनः संसद्बाट विश्वासको मत लिएका थिए। त्यतिबेला उनले राजमो र नेमकिपाबाहेक संसद्मा प्रतिनिधित्व गर्ने सबै दलबाट विश्वासको मत पाएका थिए।
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहाल गत वर्षको पुसमा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायतको समर्थनमा प्रधानमन्त्री बनेका थिए। त्यतिबेला प्रतिनिधिसभामा उपस्थित २७० मध्ये २६८ सांसदले प्रधानमन्त्रीलाई विश्वासको मत दिएका थिए। प्रतिपक्षमा रहेको कांग्रेसले समेत उनलाई विश्वासको मत दिएको थियो। त्यसपछि राष्ट्रपति निर्वाचनले सत्ता गठबन्धन फेरिएपछि २०७९ चैत ६ मा प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिएका थिए। फागुन २१ मा सत्ता गठबन्धनमा परिवर्तन भएसँगै प्रधानमन्त्रीलाई नेपाली कांग्रेसले दिएको समर्थन फिर्ता लिएपछि आज तेस्रोपल्ट प्रतिनिधिसभाबाट विश्वासको मत लिएका हुन्।
संघीय संसद् सचिवालयका अनुसार बुधबार बिहान ११ बजेदेखि बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले १४ महिनाभित्र आफूले सत्ता सम्हालेपछि भएका विकास निर्माणबारे चर्चा गरे। अधुरा र अपूरा योजनालाई पूर्णता दिन र नयाँ गठबन्धनलाई बलियो बनाएर लैजान विश्वासको मत लिएको प्रतिक्रिया दिए। राष्ट्रपति निर्वाचनका क्रममा पुनः सत्ता गठबन्धन फेरिएसँगै एमाले, रास्वपा, राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिए। सत्ता गठबन्धन फेरिएपछि २०७९ चैत ६ मा पुनः प्रधानमन्त्री दाहालले विश्वासको मत लिएका थिए। त्यतिबेला एमालेले विश्वासको मत दिएको थिएन। दोस्रोपल्ट प्रधानमन्त्रीले १७२ मत प्राप्त गरेका थिए। विपक्षमा ८९ मत परेको थियो।
गठबन्धन परिवर्तन भएपछि साविकको सत्ता सहयात्री कांग्रेस प्रतिपक्षमा पुगेको छ। सो दलले विश्वासको मत फिर्ता लिएको छ। नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी)सहितको पाँच दलले नयाँ गठबन्धन बनाएका छन्। गठबन्धनमा आबद्ध दलले प्रधानमन्त्रीलाई विश्वासको मत दिन ह्वीप जारी गरेका थिए। प्रमुख प्रतिपक्षी कांग्रेसले विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ। प्रतिनिधिसभामा एमालेका ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २१, जनता समाजवादी पार्टी नेपालका १२, एकीकृत समाजवादीका १० सांसद छन्। प्रधानमन्त्रीलाई विश्वासका लागि १३८ मत आवश्यक पर्छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

इरानले भन्यो- खामेनी हत्याको बदला अवस्य लिनेछौं

ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

पराग्वेसँग पराजित हुँदै चार पटकको विजेता जर्मनी बाहिरियो

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

पेट्रोलियम पदार्थको मूल्य घट्न केही समय लाग्छ : अर्थमन्त्री

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL