गठबन्धन भत्किनुको कारणबारे धारणा सार्वजनिक गर्दै प्रतिपक्षी कांग्रेस
काठमाडौं– प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन फेरेसँग सत्ताबाहिर पुगेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दै छ पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा दिउँसो ३ बजे बस्ने बैठकपछि प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले गठबन्धन तोडेर एमालेतिर जानुको कारणबारे पत्रकार सम्मेलनबाट जानकारी दिइने कांग्रेसले जनाएको छ।
बैठकमा प्रचण्डबाट दिइएको राजनीतिक धोखाधडी र सरकारबाट मन्त्री फिर्ता भएपछिको अवस्थाबारे छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई हाजिर हुन आग्रह गरिएको छ। सत्ताका लागि प्रचण्डले राजनीतिक समीकरणलाई धूमिल बनाएसँगै कांग्रेस प्रतिपक्षमा पुगेको छ। सभापति देउवाले मंगलबार प्रधानमन्त्री प्रचण्डले धोका दिएको ब्रिफिङ पदाधिकारी बैठकमा दिएका थिए।







