Exclusive News Tuesday, 20 Feb, 2024
Prestige Media

कांग्रेस महासमिति बैठकः बन्दसत्रमा पेस हुँदै पाँच प्रतिवेदन
गोकुल अर्याल

काठमाडौं– सत्तारुढ कांग्रेसको महासमिति बैठकको बन्दसत्र सुरु भएको छ। सोमबार उद्घाटनसत्रसँगै सकिएको महासमितिको बैठक आज बिहान ११ बजेदेखि बन्दसत्र सुरु भएको हो।बैठकमा छलफलका लागि पाँचवटा प्रतिवेदन पेस गरिने मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।
बैठकमा पार्टी उपसभापति पूर्णबहादुर खड्काबाट प्रस्तुत नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाद्वारा प्रस्तुत सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माद्वारा प्रस्तुत समसामयिक राजनीतिक प्रस्ताव पेस गरिरहेका छन्।अहिले उपसभापति एवं उपप्रधानमन्त्री खड्का पार्टीको नीति प्रस्ताव पेस गरेका छन्।
पार्टी प्रवक्ता एवं अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रस्ताव र लेखा समितिका संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्ताव पेस गर्ने कार्यक्रम रहेको कांग्रेस सञ्चार तथा प्रचार विभाग संयोजक मीनबहादुर विश्वकर्माले बताए।बैठकमा पेस भएका प्रस्तावबारे महासमितिको बैठकमा छलफल गरी पास हुनेछन्। ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सोमबारदेखि सुरु भएको महासमिति बैठक फागुन १० सम्म चल्नेछ।कांग्रेसको महासमिति बैठकमा दुई हजार बढी प्रतिनिधिको सहभागिता छ।
निर्वाचित नभएका महाधिवेशन प्रतिनिधिले बैठकमा भाग लिन पाउने
कांग्रेसले महासमिति सदस्यको निर्वाचन हुन नसकेका संघीय निर्वाचन क्षेत्रका महाधिवेशन प्रतिनिधि सबैलाई महासमिति बैठकमा आमन्त्रित रूपमा बैठकमा सहभागी गराउने निर्णय गरेको छ।कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले १४औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयन भएर महासमिति सदस्यको निर्वाचन नभएकाको हकमा यही फागुन ७ देखि १० का लागि आयोजित महासमिति बैठकमा सबै महाधिवेशन प्रतिनिधिलाई आमन्त्रित रूपमा सहभागी गराउने निर्णय गरेको हो।
सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज बिहान बसेको बैठकले महासमिति सदस्यको टुंगो लागिनसकेका बारा क्षेत्र ३, पर्सा क्षेत्र १, सोलुखुम्बु, खोटाङ, धादिङ क्षेत्र १, दोलखा, ओखलढुंगा, काठमाडौं क्षेत्र ५, दाङ क्षेत्र ३, कञ्चनपुर क्षेत्र १, बागलुङ क्षेत्र २ र सिन्धुली क्षेत्र २ जिल्ला तथा निर्वाचन क्षेत्रका हकमा सो निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
कांग्रेसको १४औँ महाधिवेशनपछि केन्द्रीय महाधिवेशन सम्पन्न गरेका वा नेतृत्व परिवर्तन भएका भ्रातृ संस्था नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ, नेपाल किसान महासंघ, नेपाल थारु संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल दलित संघ, नेपाल भूतपूर्व सैनिक संघ र नेपाल मुस्लिम संघका हकमा अध्यक्षसहित तीन जना महासमिति सदस्यको रूपमा सहभागी गराउने निर्णय गरेको छ।
कांग्रेसको १४औं महाधिवेशनपछि केन्द्रीय महाधिवेशन सम्पन्न गरेका वा नेतृत्व परिवर्तन भएका शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल शिक्षक संघ, नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन, सेन्टर फर डेमोक्र्याटिक इन्जिनियर्स नेपाल, प्रजातन्त्रवादी चिकित्सक संघ र नेपाल प्रेस युनियनका हकमा पनि अध्यक्षसहित तीन जना महासमिति सदस्यको रूपमा सहभागी गराउने निर्णय गरिएको छ।
१४औं महाधिवेशनपछि अधिवेशन सम्पन्न गरेका विदेशस्थित नेपाली जनसम्पर्क समितिको हकमा विधानबमोजिम महासमिति सदस्यको रूपमा सहभागी गराउने निर्णय भएको मुख्यचिव पौडेलले बताए।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

ट्राफिक कारबाहीमा १३ लाख ३३ हजार राजस्व सङ्कलन

दक्षिण कोरियाले बढायो भिसा शुल्क

इरानले भन्यो- खामेनी हत्याको बदला अवस्य लिनेछौं

ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

पराग्वेसँग पराजित हुँदै चार पटकको विजेता जर्मनी बाहिरियो

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

पेट्रोलियम पदार्थको मूल्य घट्न केही समय लाग्छ : अर्थमन्त्री

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL