२० निर्माण कम्पनी कालोसूचीमा परे
सूचीसहित)
काठमाडौं–सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का लिएको काम समयमै सम्पन्न नगर्ने २२ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले आज सूचना जारी गर्दै २२ निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको बताएको हो।
कालोसूचीमा राखिएका निर्माण व्यवसायी÷आपूर्तिकर्ताले तोकिएको समयसम्म सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने कार्यालयले जनाएको छ।
यी ठेकेदार कम्पनीले १ देखि ३ वर्षसम्म काम गर्न पाउने छैनन्।
कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको बताएको छ।
यीमध्ये ४ वटा निर्माण कम्पनीलाई ३ वर्ष, ५ निर्माण कम्पनीलाई २ वर्ष, ५ वटा निर्माण कम्पनीलाई डेढ वर्ष र अन्य ८ निर्माण कम्पनीलाई १ वर्षसम्मका लागि कालोसूचीमा राखिएको हो।







