Exclusive News Tuesday, 2 Jan, 2024
Prestige Media

महिलाद्वारा सञ्चालित उद्योगलाई प्राथमिकता दिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिलाद्वारा सञ्चालित उद्योगलाई प्राथमिकता दिन निर्देशन दिएका छन्।
मंगलबार महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका मन्त्री, सचिव र अन्य कर्मचारीसँगको मन्त्रालयगत छलफलमा प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन्।
महिला मन्त्रालय संवेदनशील मन्त्रालय हो। हामीले यसलाई जति प्राथमिकता दिनुपर्ने हो, त्यसो गर्न सकेका छैनौं। तसर्थ, आगामी दिनमा यसलाई प्राथमिकता दिने गरी यसको पुनर्संरचना आवश्यक छ। महिलालाई आयआर्जन र आत्मनिर्भर बनाएर मात्र अधिकार सुदृढ गर्न सकिन्छ। यसका लागि महिलालाई प्राथमिकता दिने नीति र उनीहरूद्वारा सञ्चालित उद्योग एवं व्यवसायलाई प्राथमिकता दिने नीति लागू गर्नुस्’, प्रधानमन्त्री प्रचण्डले भने।
बैठकमा महिलामन्त्री सुरेन्द्रराज आचार्यले पछिल्लो समय बालसुधार गृहमा केही समस्या देखिनुमा कानुनी व्यवस्था नै मुख्य रूपमा जिम्मेवार रहेको बताए।
सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्यालले समाज कल्याण परिषद्को पुनर्संरचनामा जोड दिँदै विदेशी दातृ निकायबाट प्राप्त हुने अनुदान र सहयोगलाई पारदर्शी, व्यावहारिक र परिणाममुखी बनाउनुपर्नेमा जोड दिए।।
उनले बालमन्दिर र बालसुधारगृह व्यवस्थित गर्न कानुनी व्यवस्था मिलाइनुपर्ने सुझाए।
छलफलमा मन्त्रालयका सचिव सुमनराज अर्यालले मन्त्रालयले सामाजिक न्यायका मुद्दामा बढी ध्यान दिएको बताउँदै मन्त्रालयको सेवालाई ७५३ वटै स्थानीय तहसम्म विस्तार गर्नुपर्ने बताए।
मन्त्रालयले महिला आयोगसँग प्रभावकारी समन्वय गरिरहेको बताउँदै समाज कल्याण परिषद्को नियमन र परिचालन, गैरसरकारी संस्थाको अनुगमन र मूल्यांकनका साथै महिला, बालबालिका र ज्येष्ठ नागरिकका न्याय एवं अधिकारमा केन्द्रित भएको उनको भनाइ थियो।
प्रधानमन्त्री कार्यालयका सचिव अर्जुनप्रसाद पोखरेलले समाज कल्याण परिषद्लाई समयानुकूल परिमार्जन गर्नुपर्नेमा जोड दिँदै कानुनी र संरचनागत सुधार जरुरी रहेको बताए।
अर्थसचिव डा. कृष्णहरि पुष्करले राष्ट्रिय आवश्यकता र साधन–स्रोतको व्यवस्थाबीच विरोधाभाष रहेकाले कतिपय सम्बोधन गर्नैपर्ने योजना र कार्यक्रममा समेत पर्याप्त बजेट व्यवस्था गर्न नसकिएको जानकारी दिए।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

ट्राफिक कारबाहीमा १३ लाख ३३ हजार राजस्व सङ्कलन

दक्षिण कोरियाले बढायो भिसा शुल्क

इरानले भन्यो- खामेनी हत्याको बदला अवस्य लिनेछौं

ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

पराग्वेसँग पराजित हुँदै चार पटकको विजेता जर्मनी बाहिरियो

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

पेट्रोलियम पदार्थको मूल्य घट्न केही समय लाग्छ : अर्थमन्त्री

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL