प्रमुख समाचार
Tuesday, 2 Jan, 2024
विराटनगरमा खोलियो निर्वाचन अधिकृतको कार्यालय
काठमाडौं– आगामी माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कोसी प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ।
प्रदेशको मतदानस्थल विराटनगरमा प्रदेश निर्वाचन कार्यालय स्थापना भएको हो । नवस्थापित कार्यालयको निर्वाचन अधिकृत तथा जिल्ला अदालत मोरङका मुख्य न्यायाधीश दुर्गाप्रसाद ढुंगेलले शुभारम्भ गर्दै शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउन सम्बद्ध सबै पक्षबाट सहयोग हुने विश्वास व्यक्त गरे।
राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दर्ता भएका १२ राजनीतिक दलका प्रतिनिधिसँग चाँडै छलफल कार्यक्रम गरिने उनले बताए।
कोसी प्रदेशमा दुई स्थानका लागि निर्वाचन हुँदै छ। निर्वाचनमा प्रदेशसभाका ९३ र स्थानीय तहका प्रमुख÷उपप्रमुख २७४ सहित तीन सय ६७ जनाले मतदान गर्नेछन्।







