प्रमुख समाचार
Friday, 29 Dec, 2023
मन्त्री ज्वालालाई गाडीबाट बाहिर निकालेर आगजनी
काठमाडौं–ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढ्दै आएको गाडीमा आगजनी गरिएको छ।
रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले ललितपुरको बालकुमारीमा ज्वालाले प्रयोग गरेको गाडीमा आगो लगाएका हुन्।
प्रदर्शनमा उत्रिएका युवाले बा२झ ५८६१ नम्बरको गाडीबाट मन्त्री र पीएसओलाई बाहिर निकालेर आगो लगाएका हुन्।







