प्रमुख समाचार Thursday, 28 Dec, 2023
Prestige Media

राष्ट्रिय सभा निर्वाचनका लागि पुस २३ मा उम्मेदवारको मनोनयन

काठमाडौं–निर्वाचन आयोगले आगामी माघ ११ मा हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि पुस २३ मा उम्मेदवारको मनोनयनपत्र दर्ताका लागि आवश्यक तयारी थालेको छ।
आयोगबाट स्वीकृत निर्वाचन कार्यतालिकाबमोजिम मनोनयनपत्र दर्ताका लागि उम्मेदवारले संलग्न गराउनुपर्ने कागजातबारे आयोगले स्पष्ट गरेको छ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालका अनुसार उम्मेदवारले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा, १० हजार धरौटी जम्मा गरेको रसिद वा भौचर पेस गर्नुपर्ने छ।
महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट हुनेछ। आर्थिक रूपमा विपन्न भएको भनी सम्बन्धित स्थानीय तहको सिफारिसपत्र संलग्न हुनुपर्नेछ ।
मनोनयनका लागि दलको उम्मेदवारको हकमा उम्मेदवार मनोनयनको औपचारिक पत्र, दलित समूहबाट उम्मेदवारी दिने व्यक्तिले सम्बन्धित गाउँपालिका, नगरपालिका वा प्रचलित कानुनबमोजिम अधिकारप्राप्त निकायले दिएको दलित समुदायको व्यक्ति भएको प्रमाणित हुने निस्सा आवश्यक पर्नेछ।
अपांगता भएका वा अल्पसंख्यक समुदायबाट उम्मेदवारी दिने व्यक्तिले नेपाल सरकारको अधिकारप्राप्त निकायले दिएको अपांगताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि पेस गर्नुपर्नेछ। साथै, अल्पसंख्यक समुदायको व्यक्तिले सम्बन्धित गाउँपालिका, नगरपालिका वा प्रचलित कानुनबमोजिम अधिकारप्राप्त निकायले दिएको अल्पसंख्यक समुदायको व्यक्ति भएको प्रमाणित हुने निस्सा संलग्न हुनुपर्नेछ।
यस्तै, प्रस्तावक र समर्थकको नाम, सम्बन्धित प्रदेशसभाका सदस्य वा सम्बन्धित प्रदेशभित्रको गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख वा उपप्रमुख समावेश भएको निर्वाचकमण्डलको मतदाता नामावलीमा नाम दर्ता भएको बेहोरा खुल्ने प्रमाण, मतदाता नम्बर पनि उल्लेख गर्नुपर्नेछ।
घर संख्या, घर रहेको स्थान तथा जग्गाको विवरण खुलाइएको उम्मेदवारको सम्पत्ति विवरण, कुनै संघीय कानुनले अयोग्य नभएको भनी गरेको स्वघोषणापत्र, निर्वाचन वा मनोनयनद्वारा पूर्ति गरिने राजनीतिक पदबाहेक सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुुविधा पाउने कुनै लाभको पदमा बहाल नरहेको भनी गरेको स्वघोषणापत्र पनि आवश्यक पर्ने आयोगले जनाएको छ।
उम्मेदवारी दिँदा कुनै लाभको पद वा निर्वाचित पदमा बहालवाला पदाधिकारी भए निजले बहाल रहेको पदबाट राजीनामा दिएको दर्ताको निस्सा, गत प्रतिनिधिसभा सदस्य वा प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीबाट नाम फिर्ता लिएको आयोगको पत्रको प्रतिलिपि पनि संलग्न गर्नुपर्ने आयोगले जनाएको छ ।
आगामी फागुन २० मा राष्ट्रिय सभामा निर्वाचित १९ र राष्ट्रपतिबाट मनोनीत एक सदस्यको कार्यकाल सकिँदै छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

दक्षिण कोरियाले बढायो भिसा शुल्क

विद्यार्थी ओराल्दा विद्यालयको बसले एक बालिका र सहचालक किच्यो, दुवैको मृत्यु

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

ओलीको टिप्पणी- फागुन २१ को चुनाव फाँसीवादको लाइसेन्स

हाम्रो गाडी गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ : प्रधानमन्त्री बालेन

अस्ट्रेलियालाई हराउँदै अमेरिका समूह विजेता बन्ने बाटोमा

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL