Breaking News
Thursday, 5 Jan, 2017
संशोधन विधेयक पक्रियामा लैजाने माओवादी केन्द्रको निर्णय
काठमाडौँ, २१ पुस । सत्ता नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले संविधान संशोधन विधेयक पक्रियामा लैजाने निर्णय गरेको छ ।
लाजिम्पाटस्थित अध्यक्ष पुष्पकमल दाहालको निवासमा बसेको माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठकले विधेयक पारितका लागि दलीय छलफललाई तिब्र बनाउने निर्णय गरेको नेता अग्नी सापकोटाले जानकारी दिनुभयो ।
अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री दाहालले पछिल्लो राजनीतिक अवस्थाबारे बैठकलाई जानकारी गराउनुभएको थियो । यस्तै माओवादी केन्द्रले संगठनात्मक कार्य्बिधिमाथिको छलफल समेत सुरु गरेको छ ।







