प्रमुख समाचार
Sunday, 24 Dec, 2023
बालुवाटारमा प्रचण्ड, देउवा र ओली भेट
काठमाडौं– सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच समसामयिक विषयमा छलफल भएको छ।
छलफलमा कांग्रेस सचेतक रमेश लेखक पनि सहभागी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
छलफलमा शीर्ष नेताहरूबीच संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा छलफल भएको बुझिएको छ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न संसदमा विधेयक रहे पनि दलहरूबीच सहमति नहुँदा उक्त विधेयक अघि बढ्न सकेको छैन।
विधेयकमा सहमति जुटाउन ११ सदस्यीय समिति बनाइए पनि मुख्य विषयमा उक्त समितिले सहमति जुटाउन सकेको छैन ।







