Exclusive News Friday, 22 Dec, 2023
Prestige Media

डेडिकेटेड र ट्रंकको बक्यौता नतिर्ने उद्योगको लाइन काट्न निर्देशन

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले उद्योगीबीच गरेको प्रतिबद्धताविपरीत नेपाल विद्युत प्राधिकरणलाई बिजुली लाइन काट्न निर्देशन दिएका छन् ।
बिजुली बक्यौता नतिर्ने ठूला उद्योगको लाइन काट्न प्रधानमन्त्री दाहालले निर्देशन दिएका हुन् । उनले कसैसँग सम्झौता नगरी डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नतिर्ने उद्योगको बिजुली तुरुन्त काटेर असुली गर्न भनेका हुन् ।
बिजुलीको बक्यौता नतिर्ने ठूलाको लाइन काटेर कर प्रणालीलाई व्यवस्थित गर्नुपर्छ’, प्रधानमन्त्रीले भने, ‘त्यसैले यसमा कसैसँग सम्झौता नगर्नुस्, डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नतिर्नेको लाइन तुरुन्त काटौं। ठूलाबाट सुरु गरेर सबै बक्यौता उठाउनेतर्फ जाऔं ।’
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बिहीबार आयोजित सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको संयुक्त समीक्षा बैठकमा प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन् ।
विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन बक्यौता महसुल भुक्तानी गर्ने समय मंसिर ५ सम्म थपेको थियो ।
त्यसअघि विद्युत् प्राधिकरणले भदौ २९ मा सूचना जारी गरी असोज ३० सम्म महसुल भुक्तान गर्न समय दिएको थियो। तिहार र छठ पर्व ध्यानमा राखेर महसुल भुक्तान गर्ने समय थपेको विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका थिए ।
डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत सेवा लिएका झन्डै पाँच दर्जन उद्योगबाट असुल गर्नुपर्ने बक्यौता महसुल २१ अर्ब ८७ करोड ८५ लाख रुपैयाँ पुगेको प्राधिकरणले जनाएको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

ट्राफिक कारबाहीमा १३ लाख ३३ हजार राजस्व सङ्कलन

दक्षिण कोरियाले बढायो भिसा शुल्क

इरानले भन्यो- खामेनी हत्याको बदला अवस्य लिनेछौं

ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

पराग्वेसँग पराजित हुँदै चार पटकको विजेता जर्मनी बाहिरियो

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

पेट्रोलियम पदार्थको मूल्य घट्न केही समय लाग्छ : अर्थमन्त्री

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL