Exclusive News
Wednesday, 20 Dec, 2023
थप ८ देशलाई श्रम गन्तव्यको सूचीमा समेटिने
काठमाडौं-मुलुकमा रोजगारी अभावका कारण दैनिक हजारौंको संख्यामा युवा जनशक्ति विदेशमा कामको खोजीमा गइरहेका बेला सरकारले थप ८ देशसँग श्रम सम्झौता गर्ने भएको छ।
नेपालले हालसम्म विभिन्न १२ देशसँग श्रम सम्झौता गरेकामा थप ८ देशलाई पनि श्रम गन्तव्यको सूचीमा पारिन लागेको हो।
सन् २०२४ भित्र पोर्चुगल, पोल्यान्ड, युक्रेन, माल्टा, टर्की, कुवेत, ओमान, साउदी अरेबियासँग श्रम सम्झौता गर्न लागेको हो। थप ८ देशसँग श्रम सम्झौताको तयारी भइरहेको श्रम मन्त्रालयका सहसचिव राजीव पोखरेलले बताए ।
उनका अनुसार त्यसका लागि मन्त्रालयबाट सम्झौताको मस्यौदा तयार पारेर सम्बन्धित मुलुक पठाइएको छ।
सरकारले केही साताअघि रोमानिया र जर्मनीसँग श्रम सम्झौता गरेको थियो।







