प्रमुख समाचार
Wednesday, 20 Dec, 2023
सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित ६ जनाको नाम अनुमोदन
काठमाडौं–संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका ६ जनाको नाम अनुमोदन गरेको छ। समितिको आज बसेको बैठकले उनीहरुको नाम अनुमोदन गरेको हो ।
समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस भएका सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम अनुमोदन गरेको हो।
यस विषयमा मंसिर २९ तथा पुस १ र २ गते संसदीय सुनुवाइ भएको थियो ।
न्याय परिषद्को मंसिर ५ को बैठकले सर्वोच्च अदालतका लागि रिक्त ६ न्यायाधीशका लागि नाम सिफारिस गरेको थियो ।







