प्रमुख समाचार Sunday, 17 Dec, 2023
Prestige Media

सिद्धबाबा सुरुङ मार्ग निर्माणलाई गति दिन निर्देशन

काठमाडौं– चिनियाँ कम्पनीले निर्माण गरिरहेको सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक खण्डको सिद्धबाबा सुरुङ मार्ग निर्माणलाई थप गति दिन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आग्रह गरेका छन्।
निर्माणाधीन सिद्धबाबा सुरुङ मार्ग निरीक्षणका लागि बुटवल पुगेका मन्त्री ज्वालाले काममा कुनै पनि लापरवाही नगर्न निर्माण व्यवसायीलाई निर्देशन दिए ।
उनले भने, ‘सिद्धबाबा सुरुङमार्गको ८÷९ प्रतिशत मात्रै काम भएको छ। कामलाई गति दिन स्थलगत निरीक्षण गरेको हुँ।’
सुरुङ निर्माणका क्रममा कुनै अप्ठेरो अवस्था आए सरकारले समाधान गरिदिने तर ढिलाइ गर्न नपाइने उनको भनाइ छ ।
मन्त्री ज्वालाले माथिल्लो सिद्धबाबा प्रवेशद्वारसहित ३ वटा क्षेत्र निरीक्षण गरेको मन्त्रालयले जनाएको छ ।
सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडकखण्ड अन्तर्गत बुटवलको तल्लो सिद्धबाबादेखि पाल्पाको दोभान चौकीसम्म करिब ३ किलोमिटर सडक क्षेत्र पहिरोका कारण जोखिमयुक्त रहँदै आएको छ । सोही कारण यहाँ सुरुङमार्ग निर्माण अगाडि बढाइएको हो ।
चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड लागतमा सुरुङ मार्ग निर्माणको सम्झौता गरेको छ ।
सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले सुरुङमार्गको कामले गति लिन नसक्नुका विभिन्न कारणमध्ये नेपालका लागि नयाँ आयोजना हुुनु पनि रहेको स्वीकारे ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

दक्षिण कोरियाले बढायो भिसा शुल्क

विद्यार्थी ओराल्दा विद्यालयको बसले एक बालिका र सहचालक किच्यो, दुवैको मृत्यु

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

ओलीको टिप्पणी- फागुन २१ को चुनाव फाँसीवादको लाइसेन्स

हाम्रो गाडी गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ : प्रधानमन्त्री बालेन

अस्ट्रेलियालाई हराउँदै अमेरिका समूह विजेता बन्ने बाटोमा

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL