Breaking News Friday, 13 Oct, 2023
Prestige Media

राप्रपा कोशी सरकार निर्माणमा तटस्थ बस्ने

काठमाडौं– कोशी सरकार गठनमा सत्तारुढ कांग्रेसभित्र दुई चिरा परेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तटस्थ बस्ने निर्णय गरेको छ।
कोशीमा सरकार गठन प्रक्रियालाई लिएर पार्टी मुख्यालय धुम्बाराहीमा बसेको बैठकले कतै नढल्किने निर्णय गरेको हो।

गत बुधबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बारीमा बसेको पार्टी पदाधिकारी बैठकले कोशीमा राप्रपालाई सरकारमा लैजान वार्ता चलाउने निर्णय भएको थियो। तर, बिहीबार गठबन्धन दलको बैठकले माओवादीलाई मुख्यमन्त्री दिने निर्णय गरेको थियो।त्यसपछि कांग्रेस संस्थापन इतर शेखर कोइराला समूहले एमाले सहयोगमा मुख्यमन्त्रीका लागि दाबी पेस गरेको छ।

बैठकमा कोशीको विकसित राजनीति घटनाक्रम र त्यसले राष्ट्रिय राजनीतिमा पार्न सक्ने प्रभावको विषयमा समीक्षा भएको प्रवक्ता मोहन श्रेष्ठले बताए।‘कोशीको विकसित राजनीतिलाई लिएर पार्टीले गम्भीर समीक्षा गरेको छ। त्यसले राष्ट्रिय राजनीतिमा पार्न सक्ने सम्बन्धमा पनि मूल्यांकन भएको छ। हामीले पहिल्यैदेखि एमाले र कांग्रेस मिल्नुपर्ने बताएका थियौं। त्यो अवस्था देखिएको छ,’ उनले भने।

बिहीबार संस्थापन इतर कोइराला समूह समर्थक केदार कार्कीले ८ कांग्रेस सांसद र एमालेका ३९ प्रदेश सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेपछि कोशीमा राजनीति थप धमिलिने ठानिएको छ।

माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोले पनि मुख्यमन्त्री दाबी पेस गरेका छन् । तर, आङ्बोले कांग्रेससहित सत्ता गठबन्धनमा रहेका चार दलका संसदीय दल नेताको मात्र हस्ताक्षर बुझाएकाले कार्कीको दाबी बलियो देखिएको छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बागमतीको मुख्यमन्त्री भन्छन्- गरिबलाई गरिखाने वातावरण दिने बजेट आउँछ

प्रतिनिधिसभा बैठक बस्दै, आज

चीनको कोइलाखानी दुर्घटनाप्रति रास्वपा सभापति लामिछानेद्वारा दुःख व्यक्त

ओलीको असहमतिबीच बन्यो कार्यदल

पोखराको फिर्केखोलाको खोलाघरमा बनेका संरचना हटाइँदै

सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ हजारदेखि एक लाख २१ हजार बनाउन सिफारिस

एमाले बैठकमा केपी ओली र पृथ्वीसुब्बा गुरूङबीच चर्काचर्की

काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि, नेपालले भारतसँग खेल्दै

तीन मौसमी प्रणालीको असर, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

थप ३०४ जना सहकारी पीडितले फिर्ता पाए बचत

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL