प्रमुख समाचार Wednesday, 11 Oct, 2023
Prestige Media

माओवादी नेता महराका छोरा राहुलसहित चार जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले भेपमा ९ केजी सुन तस्करी प्रकरणमा संलग्न पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुलसहित चार जनाविरुद्ध संगठित अपराध र भन्सार छली अभियोगमा अदालतमा मुद्दा दायर गरेको छ।

आज जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले राहुलसहित चिनियाँ तस्करका सहयोगी लोकेन्द्र पौडेल, हाल ६१ केजी सुन तस्करी प्रकणरमै थुनामा रहेका दाबा छिरिङ र काभ्रेका निमा गुरुङविरुद्ध मुद्दा दायर गरेको हो।बिजुली चुरोट (भेप) मा ९ केजी सुन तस्करी प्रकरण छानबिन गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धनान गरी रायसहितको प्रतिवेदन शुक्रबार सरकरी वकिलको कार्यालयमा पेस गरेको थियो।

सीआईबीले ९ केजी सुन तस्करी प्रकरणमा संलग्नमाथि कारबाहीको सुझाव दिएपछि सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दायर गरेको कार्यालय प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले बताए।१० पुस २०७९ मा दुबईबाट चिनियाँ तस्करले भेपमा लुकाएर ल्याएको सुन विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएको थियो। शंकास्पद रुपमा भेप ल्याएको पाइएपछि नियन्त्रणमा लिएर गोदाममा सिल गरेर राखिएको थियो।

अनुसन्धान गर्ने क्रममा भेपमा सुन आएको पाइएको थियो। भन्सारले भेप नियन्त्रणमा लिएपछि पूर्वसभामुख महरा र छोरा राहुलले पटक–पटक भन्सारका कर्मचारीलाई फोन गरी छुटाउन दबाब दिएका थिए।सीआईबीको सोधपुछमा समेत बाबु कृष्णबहादुरले आफूले सुन छुटाइदिन आग्रह गरेको साविती बयान दिएका थिए। तर, कृष्णबहादुरलाई उन्मुक्ति दिएर उनका छोरासहितका तीन जनालाई प्रतिवादी बनाएको छ।

सुन ल्याउनेमध्यका दावाजिन वाङसहित ६ चिनियाँ तस्कर फरार छन्।

भन्सार ऐन, २०६४ को दफा ५७ मा बिगो रकम हेरी १ करोडदेखि ३ करोडसम्मको बिगो भएमा एक वर्षदेखि ३ वर्षसम्म कैद र ३ करोडभन्दा बढी बिगो भएमा ३ देखि ५ वर्षसम्मको कैद सजाय हुने उल्लेख छ। भेपमा सुन लुकाई ल्याएको प्रकरणमा ८ करोड बढीको बिगो कायम गरिएकाले उक्त मुद्दामा उनीहरु दोषी ठहर भए कम्तीमा ५ वर्षको कैद सजाय हुनेछ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

दक्षिण कोरियाले बढायो भिसा शुल्क

विद्यार्थी ओराल्दा विद्यालयको बसले एक बालिका र सहचालक किच्यो, दुवैको मृत्यु

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

ओलीको टिप्पणी- फागुन २१ को चुनाव फाँसीवादको लाइसेन्स

हाम्रो गाडी गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ : प्रधानमन्त्री बालेन

अस्ट्रेलियालाई हराउँदै अमेरिका समूह विजेता बन्ने बाटोमा

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL