प्रमुख समाचार Monday, 9 Oct, 2023
Prestige Media

हमास–इजरायल भिडन्तः ज्यान गुमाउनेको संख्या ११ सय नाघ्यो

काठमाडौं– मध्यपूर्वमा चरमपन्थी प्यालेस्टिनी समूह हमास र इजरायलबीच लडाइँ हुँदा हालसम्म दुवै पक्षका गरी कम्तीमा ११ सय मानिसको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

चरमपन्थी समूह हमासको आक्रमणमा परेर ७०० इजरायली र इजरायली सेनाको आक्रमणबाट ४०० प्यालेस्टिनीको मृत्यु भएको अमेरिकी समाचार संस्था सीएनएनले बताएको हो।शनिबार जमिन, अकास र समुद्रबाट एकैसाथ हमासले अचानक आक्रमण गरेपछि इजरायल प्रतिकारमा उत्रिएको थियो। इजरालयमाथि हमासको आक्रमण ५० वर्षयताकै ठूलो आक्रमण ठानिएको छ।

आक्रमणपछि इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले हमासविरुद्ध युद्ध लडिरहेको घोषणा गर्दै निमिट्यान्न पारिने चेतावनी दिएका छन्। हमासले कैयौं इजरायली नागरिक र सैनिकलाई बन्दी बनाएको छ।हमासको आक्रमणपछि इजरायलले गाजापट्टी क्षेत्रमा आक्रमण गरेको छ।
इजरायली सेनाले आवासीय भवनमा समेत आक्रमण गर्न थालेपछिगाजा क्षेत्रबाट १ लाख २३ हजार ५३८ मानिस विस्थापित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ।

द्वन्द्वलाई लिएर इरानले हमासको चरमपन्थी लडाकु समूह हमासलाई बधाइ दिएको छ भने इराकलगायतका मुस्लिम देशहरुले प्यालेस्टिनी नागरिकको रक्षाका लागि अपिल गरेका छन्।आजै बसेको संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद् बैठक द्वन्द्व अन्त्यका लागि सहमति जुट्न नसकेपछि सदस्य राष्ट्रयहरु संयुक्त विज्ञप्ति निकाल्न असफल भएका छन्।

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई सैनिक समर्थन जुटाउन जंगीबेडासहितको जहाज पठाएका छन्। उक्त जहाजमा लडाकु विमान, क्रुज मिसाइल, क्षेप्यास्त्र, सैनिकलगायत टोली रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

दक्षिण कोरियाले बढायो भिसा शुल्क

विद्यार्थी ओराल्दा विद्यालयको बसले एक बालिका र सहचालक किच्यो, दुवैको मृत्यु

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

ओलीको टिप्पणी- फागुन २१ को चुनाव फाँसीवादको लाइसेन्स

हाम्रो गाडी गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ : प्रधानमन्त्री बालेन

अस्ट्रेलियालाई हराउँदै अमेरिका समूह विजेता बन्ने बाटोमा

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL