प्रमुख समाचार
Thursday, 5 Oct, 2023
प्रधानमन्त्री प्रचण्डले लिए नेता आचार्यको स्वास्थ्यावस्थाबारे जानकारी
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा(माओवादी केन्द्र)का सचिव डिलाराम आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । सचिव आचार्यको वीर अस्पतालमा उपचार भइरहेको छ ।
पार्टी अभियानको क्रममा अछाम पुगेका उनको स्वास्थ्यमा समस्या देखिएपछि बुधबार काठमाडौं ल्याइएको थियो ।
प्रधानमन्त्रीले नेता आचार्यको उपचारमा कुनै कसर बाँकी नराख्न अस्पतालका चिकित्सकलाई आग्रह गर्नुभएको प्रचण्डको सचिवालयले जनाएको छ ।







