प्रमुख समाचार Wednesday, 4 Oct, 2023
Prestige Media

नेपालगञ्जमा दोस्रो दिन पनि कर्फ्यु

काठमाडौं– हिन्दु–मुसलमानबीचको सामाजिक सद्भाव भड्किने आशंकामा बाँकेको नेपालगञ्ज उपमहानगरभित्र मंगलबारदेखि लगाइएको अनिश्चितकालीन कफर््यु आज पनि जारी छ।

मंगलबार केही अशान्त बनेको नेपालगञ्ज आज भने शान्त देखिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी सन्तोषसिंह राठौरले बताए।
नेपालगञ्जमा उपद्रव हुन नदिन यतिबेला ठूलो संख्यामा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको उनको भनाइ छ।
मान्छेको भीडभाडमा रोक लगाइएको छ। सुरक्षा समितिको बैठक बसेर कर्फ्यु कति लम्ब्याउने भन्नेबारे थप निर्णय गरिने उनले बताए।
कफ्र्युका कारण भारतबाट स्वदेश फर्किएका बाँकेको जमुनाहा नाकामा रहेका झन्डै ९ सय नेपालीलाई गन्तव्यतर्फ लगिँदै गरेको उनले जानकारी दिए।

बाँकेमा ओमकार परिवार हिन्दु समाजका एक जना व्यक्तिले १४ असोजमा मुस्लिम समुदायलाई लक्षित गरी सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटसका कारण धार्मिक एवं सामाजिक सद्भाव खलबलिने अवस्था आएपछि प्रशासनले कर्फ्यु लगाउनु परेको बताइन्छ।१५ असोजमा मुस्लिम समुदायका मानिसले नेपालगञ्जमा विरोध ¥याली निकालेका थिए। त्यसको विरोधमा फेरि मंगलबार बिहान सामाजिक सञ्जाल प्रयोग कर्ताका कारण ओमकार परिवार हिन्दु समाजले सद्भाव ¥यालीका नाममा विरोध ¥याली निकालेका थिए।

त्यो ¥यालीका सहभागीले सार्वजनिक सम्पत्तिमा तोडफोड, ढुंगामुढा गर्नुका साथै उच्छृंखल गतिविधि गर्न थालेपछि नेपालगञ्जको सामाजिक तथा धार्मिक सद्भाव भड्कन सक्ने खतरा आकलन गरी स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो।

विगत केही दिनदेखि नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच धार्मिक विवाद देखिँदै आएको थियो।मंगलबार मात्रै प्रशासनले हिन्दु र मुस्लिम समुदायका अगुवालाई एकै ठाउँ राखेर सर्वपक्षीय बैठक बसालेको थियो केही घन्टाअघि नेपालगञ्जमा सद्भाव ¥याली पनि निकालिएको थियो।तर, सद्भाव ¥याली, सर्वपक्षीय बैठक बसालिए पनि विवाद साम्य हुन नदेखिएपछि प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले मंगलबार दिउँसो १ बजेदेखि लागू हुने गरी कर्फ्यु आदेश जारी गरेका थिए।

हिन्दु र मुस्लिम समुदायबीच सामाजिक र धार्मिक सद्भाव भड्किने संकेत देखिएपछि नेपालगञ्ज उपमहानगरमा स्थानीय प्रशासनले कर्फ्यु लगाएको हो।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

दक्षिण कोरियाले बढायो भिसा शुल्क

विद्यार्थी ओराल्दा विद्यालयको बसले एक बालिका र सहचालक किच्यो, दुवैको मृत्यु

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

ओलीको टिप्पणी- फागुन २१ को चुनाव फाँसीवादको लाइसेन्स

हाम्रो गाडी गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ : प्रधानमन्त्री बालेन

अस्ट्रेलियालाई हराउँदै अमेरिका समूह विजेता बन्ने बाटोमा

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL