प्रमुख समाचार Wednesday, 27 Sep, 2023
Prestige Media

२२ सम्पर्कविहीन प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौं– प्रहरी प्रधान कार्यालय नक्सालले महिनाभन्दा बढी समयदेखि सम्पर्कविहीन २२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन सूचना जारी गरेको छ।प्रहरी प्रधान कार्यालयले आज सूचना प्रकाशित गर्दै सम्पर्कविहीन चार प्रहरी सहायक हवलदार र १८ प्रहरी जवानलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो।

प्रहरी प्रधान कार्यालयको सूचनाअनुसार सम्पर्कविहीन हुने चार प्रहरी सहायक हवल्दारमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, ट्राफिक सीआरभीमा कार्यरत समिर दाहाल, विसुगण दुहबी सुनसरीमा कार्यरत प्रहरी सहायक हवलदार जनम राई, प्रहरी प्रशिक्षण कार्यालयमा कार्य विभागको मर्यादापालक इकाइमा कार्यरत अमित श्रेष्ठ, प्रहरी प्रभाग नेपालटारमा कार्यरत कमल श्रेष्ठ रहेका छन्।

विभिन्न जिल्लाका विभिन्न कार्यालयमा कार्यरत १८ प्रहरी जवान महिना दिन बढी समयदेखि सम्पर्कविहीन रहेको सूचनामा उल्लेख छ।उनीहरू विभिन्न मितिदेखि आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा र सूचना टाँस भइसक्दासमेत सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले बताएको छ।

आज प्रकाशित सूचनामा बाटोको म्यादबाहेक सात दिनभित्र गैरहाजिर हुनुको कारण र स्पष्टीकरण जवाफसहित प्रहरी मुख्यालय वा सूचना जारी गर्ने कार्यालयमा हाजिर हुन निर्देशन दिइएको छ।सूचनाअनुसार सम्पर्कविहीन प्रहरी कार्यालयमा हाजिर नभए सेवाबाट हटाउने प्रहरी मुख्यालयको भनाइ छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

दक्षिण कोरियाले बढायो भिसा शुल्क

विद्यार्थी ओराल्दा विद्यालयको बसले एक बालिका र सहचालक किच्यो, दुवैको मृत्यु

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

ओलीको टिप्पणी- फागुन २१ को चुनाव फाँसीवादको लाइसेन्स

हाम्रो गाडी गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ : प्रधानमन्त्री बालेन

अस्ट्रेलियालाई हराउँदै अमेरिका समूह विजेता बन्ने बाटोमा

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL