Breaking News
Tuesday, 26 Sep, 2023
काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस पल्टिँदा २५ बढी यात्रु घाइते
कर्णाली प्रदेश०२–००१ख ०३६२ नम्बरको यात्रुवाहक रात्रिबस आज बिहान दुर्घटनामा परेको हो।
काठमाडौं– राजधानी काठमाडौंबाट सुर्खेत जाँदै गरेको यात्रुवाहक रात्रिबस पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपालिका–९ शिवखोलामा दुर्घटना हुँदा २५ बढी यात्रु घाइते भएका छन्।
कर्णाली प्रदेश०२–००१ख ०३६२ नम्बरको यात्रुवाहक रात्रिबस आज बिहान दुर्घटनामा परेको हो। घाइते यात्रुको लमही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक रामबहादुर केसीले बताए।
बसमा ४५ जना यात्रु सवार थिए। बस दुर्घटना हुनुको कारण अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







