प्रमुख समाचार Sunday, 17 Sep, 2023
Prestige Media

अमेरिकाबाट पार्सलमा आयो तीन किलो गाँजा र हेरोइन, १० पक्राउ

अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय, डिल्लीबजार हुँदै ल्याइएको तीन किलो दुई सय ३९ ग्राम गाँजा र दुई सय ६८ दशमलव २१० ग्राम खैरो हेरोइनसहित १० जना पक्राउ परेका छन्।

लागुऔषध नियन्त्रण ब्यूरो काठमाडौंले विशेष सूचनाका आधारमा अमेरिकाबाट ल्याइएको गाँजा डेलिभरी गर्ने ६ र खैरो हेरोइनसहित चार गरी १० जनालाई पक्राउ परेका जानकारी दिएको छ।

उनीहरूमाथि लागू औषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम अदालतबाट म्याद लिएर अनुसन्धान थालिएको ब्यूरोका प्रहरी उपरीक्षक चक्रराज जोशीको भनाइ छ। पक्राउ परेकाहरूलाई आइतबार सार्वजनिक गर्दै प्रहरी उपरीक्षक जोशीले पार्सलमा गाँजा पत्ता लागेपछि उनीहरुलाई पक्राउ गरिएको बताए।

प्रहरीका अनुसार अमेरिकाबाट हुलाकमार्फत् डिल्लीबजार हुँदै जिल्ला हुलाक कार्यालय वीरगञ्जमा प्राप्त हुने गरी पठाइएकोमा एउटा कार्टुन शंका लागि जाँच गर्दा नौ सय ग्राम गाँजा बरामद गरिएको हो। उक्त कार्टुन पार्सल लिन आउने व्यक्ति खोज्न ‘कन्ट्रोल डेलिभरी’ गर्दा वीरगञ्जका डल्लुराम र सोही ठाउँका हविव मियालाई पक्राउ गरिएको थियो।

अमेरिकाबाट डिल्लीबजार हुलाकमार्फत् जिल्ला हुलाक कार्यालय पोखरामा प्राप्त हुने गरी  पठाइएको  अर्को कार्टुन जाँच गर्दा एक किलो चार सय ग्राम गाँजा फेला परेको ब्यूरोले जनाएको छ। सोही क्रममा गाँजा लिन आउने भारतीय नागरिक २४ वर्षे अजिन भर्गेसलाई हुलाक कार्यालयबाटै पक्राउ गरिएको थियो। उनको डेराबाट थप सात सय २० ग्राम गाँजा बरामद गरिएको छ।

हुलाकमार्फत आएको गाँजा लिन आउने डडेलधुराकी रेनुका तामाङलाई पनि पक्राउ गरिएको छ। उनको बयानका आधारमा गाँजा लिन पठाउने भारतीय नागरिक अरुण कुमार र मोहमद नईमलाई पनि पक्राउ गरिएको हो। उनीहरुको साथबाट नौ सय ३९ ग्राम ग्राजा बरामद गरिएको छ।

ब्यूरोले खैरो हेरोइनसहित कञ्चनपुरका हिक्मत हमाल, दाङका सञ्जय नेपाली, मोरङका विनोद भट्टराई र झापा बस्ने भारतीय नागरिक लाल मियालाई पनि पक्राउ गरेको जानकारी दिएको छ। उनीहरूको साथबाट दुई सय ६८ ग्रामभन्दा बढी खैरो हेरोइन बरामद भएको छ।रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

दक्षिण कोरियाले बढायो भिसा शुल्क

विद्यार्थी ओराल्दा विद्यालयको बसले एक बालिका र सहचालक किच्यो, दुवैको मृत्यु

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

ओलीको टिप्पणी- फागुन २१ को चुनाव फाँसीवादको लाइसेन्स

हाम्रो गाडी गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ : प्रधानमन्त्री बालेन

अस्ट्रेलियालाई हराउँदै अमेरिका समूह विजेता बन्ने बाटोमा

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL