प्रमुख समाचार Friday, 15 Sep, 2023
Prestige Media

सर्वोच्चमा प्रस्तावित न्यायाधीश शर्मालाई सुनुवाइ समितिबाट अनुमोदन

शर्मालाई १० भदौको न्याय परिषद् बैठकल न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो। १५ भदौको सुनुवाइ समिति बैठकले १० दिने म्याद दिएर उजुरी आह्वान गरेको थियो।

काठमाडौं– सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको कार्यकक्षमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश विनोद शर्माको सुनुवाइ सकिएको छ। यसअघि समितिले १० दिने म्याद दिएर शर्माविरुद्ध उजुरी आह्वान गरेकामा एउटा पनि उजुरी नपरेपछि सुनुवाइ समितिले शर्मालाई सर्वोच्चको प्रस्तावित न्यायाधीशमा सर्वसम्मत अनुमोदन गरेको हो।

शर्मालाई १० भदौको न्याय परिषद् बैठकल न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो। १५ भदौको सुनुवाइ समिति बैठकले १० दिने म्याद दिएर उजुरी आह्वान गरेको थियो। गत वर्ष भदौमा पनि शर्माको नाम सर्वोच्चको न्यायाधीशमा सिफारिस भएको थियो। तर, त्यतिबेला संसदीय सुनुवाइ नहुँदा न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको थिएन।

संसदीय सुनुवाइ प्रक्रिया पूरा भएसँगै शर्माको नाम अनुमोदन गरेपछि न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढ्नेछ।समितिको सिंहदरबार कार्यालयमा उपस्थित प्रस्तावित न्यायाधीश शर्मालाई सांसदहरूले भावी न्यायाधीश भएपछि गर्ने कामबारे प्रश्न सोधेका थिए। प्रस्तावित न्यायाधीश शर्माले नागरिकबाट अपेक्षा गरिएको भूमिका पूरा गर्ने प्रक्रियामा इमानदार प्रयास गरिने प्रतिबद्धता जनाएका छन्।

आजको बैठकमा आफ्नो अवधारणा र कार्ययोजना प्रस्तुत गर्दै समितिबाट सर्वसम्मत न्यायाधीश सिफारिस भएका शर्माले तटस्थ र गुणस्तरीय न्याय सम्पादनमा प्रतिबद्ध रहने विश्वास दिलाएका छन्।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

दक्षिण कोरियाले बढायो भिसा शुल्क

विद्यार्थी ओराल्दा विद्यालयको बसले एक बालिका र सहचालक किच्यो, दुवैको मृत्यु

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

ओलीको टिप्पणी- फागुन २१ को चुनाव फाँसीवादको लाइसेन्स

हाम्रो गाडी गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ : प्रधानमन्त्री बालेन

अस्ट्रेलियालाई हराउँदै अमेरिका समूह विजेता बन्ने बाटोमा

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL