Breaking News Thursday, 14 Sep, 2023
Prestige Media

सुन प्रकरणको मुद्दा अदालत गए पनि थप अनुसन्धान हुने सीआईबीको प्रस्टोक्ति

काठमाडौं– सुन तस्करी प्रकरण छानबिन गरेर सरकारी वकिलको कार्यालयमा हिजो मात्रै प्रतिवेदन बुझाएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अभियुक्तमाथिको मुद्दा अदालतमा गए पनि अनुसन्धान नरोकिने स्पष्ट पारेको छ।

सात कम्पनीबाट सुन तस्करी भएको तथ्य फेला परेकामा अहिलेसम्म जम्मा एक (रेडी ट्रेड प्रालि)बाट भएको तस्करी मात्रै अनुसन्धान सकिएकाले अनुसन्धान जारी रहने सीआईब प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण वज्राचार्यले बताएकी हुन्।बुधबार आफ्नो रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाए पनि सुन तस्करी प्रकरणमा संलग्न देखिएका थप ६ कम्पनीमाथि छानबिन जारी रहने उनको भनाइ छ।

सरकारी वकिल कार्यालयका अनुसार एक दुई दिनमै मुद्दा अदालतमा लगिने तयारी छ। तर, सात कम्पनीबाट ३६२ किलो सुन तस्करी भएको तथ्य पत्ता लगाए पनि अहिलेसम्म जम्मा ६० किलो ७१६ ग्राम मात्रै सुन बरामद भएको छ।बाँकी सुन तस्करले गन्तव्यमा पु¥याइएसकेकाले त्यसमा थप संलग्नको खोजी सीआईबीले जारी राखेको बताएको छ।

नयाँ तथ्य फेला पारेपछि पुरक प्रतिवेदनका रुपमा बुझाइने सुन प्रकरण अनुसन्धानको नेतृत्व गरेका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए। उनका अनुसार तस्करले सञ्जाल तयार पारेर सुन तस्करी भएको फेला परेको छ।काठमाडौँको टोखा र लाजिम्पाटमा सुन गाल्ने काम भएको पनि प्रहरीले फेला पारेको छ।

उक्त प्रकरणमा आरोपीमाथि भन्सार ऐन, संगठित अपराध, राष्ट्र बैंक ऐन, मुलुकी अपराध संहिता, नेपाल नागरिकता ऐन, राहदानी ऐन र अध्यागमन ऐनअनुसार कारबाहीका लागि सिफारिस गरिएको छ।

अनुसन्धानका क्रममा अहिलेसम्म गिरोहले विभिन्न सात कम्पनीबाट ३६२ किलो (३०२ र ६० किलो) बढी सुन तस्करी गरेको खुलेको छ।
अहिलेको मूल्यमा ३ अर्ब ५० करोड दुई लाख १६ हजार ५५२ को सुन तस्करी भएकाले सो रकमलाई बिगो कायम गरी मुद्दा अघि बढाउन पनि राय दिइएको छ। हालसम्म ३२ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा २३ नेपाली र ९ विदेशी नागरिक छन्। १८ जना फरार रहेका छन्।

गत ३ साउनमा राजस्व अनुसन्धान विभागको टोलीले हङकङबाट ब्रेक सुमा हालेर ल्याइएको उक्त सुन सिनामंगलस्थित भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो। त्यसैको अनुसन्धानका क्रममा थप ६ कम्पनीबाट यस्तै अटो पार्टमा हालेर सुन तस्करी भएको पाइएको छ।
विभागले आवश्यक अनुसन्धान सकेपछि १८ दिनपछि सुन प्रकरणको अनुसन्धानको जिम्मा सीआईबीलाई दिएको थियो। सुन हङकङबाट ल्याएर भारत निर्यात गरेको तथ्य फेला परेको प्रहरीले जनाएको छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

ट्राफिक कारबाहीमा १३ लाख ३३ हजार राजस्व सङ्कलन

दक्षिण कोरियाले बढायो भिसा शुल्क

इरानले भन्यो- खामेनी हत्याको बदला अवस्य लिनेछौं

ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

विद्यार्थी ओराल्दा विद्यालयको बसले एक बालिका र सहचालक किच्यो, दुवैको मृत्यु

पराग्वेसँग पराजित हुँदै चार पटकको विजेता जर्मनी बाहिरियो

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

पेट्रोलियम पदार्थको मूल्य घट्न केही समय लाग्छ : अर्थमन्त्री

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL