राजकीय सम्मानसहित पशुपति आर्यघाटमा नेम्वाङको अन्तिम बिदाइ
काठमाडौं– २६ भदौमा हृदयाघातका कारण निधन भएका संविधानसभाध्यक्ष एवं एमाले उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानसहित पशुपति आर्यघाटमा अन्तिम बिदाइ गरिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरुले दिवंगत नेम्वाङको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली व्यक्त गरे। प्रधानमन्त्री प्रचण्डले दाहालले पशुपति आर्यघाटमा राष्ट्रिय झन्डा ओढाएर नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गरे। एमाले अध्यक्ष केपी ओलीले दिवंगत नेम्वाङको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएर सम्मान व्यक्त गरे।
यस्तै, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कांग्रेस सभापति शेरबहादुर देउवा, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायतले पनि आर्यघाट पुगेर स्व. नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गरे।राजकीय सम्मानका साथ अन्त्येष्टिका लागि नेम्वाङ निवास बालुवाटारबाट शवयात्रा आर्यघाट ल्याइएको थियो। नेम्वाङको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि व्यक्त
गर्न आर्यघाटमा एमालेका शीर्ष नेता, सांसद, कार्यकर्ता, शुभेच्छुक, आफन्त र सर्वसाधारणको बाक्लो भीड लागेको छ।नेम्वाङको हिन्दु र लिम्बू संस्कारअनुसार अन्त्येष्टि गरिएको हो।
दाहसंस्कार गर्नुअघि उनलाई सैनिक तथा प्रहरीको टुकडीले राजकीय सम्मान दिइएको थियो।स्व.नेम्वाङको निवास बालुवाटारबाट नेपाली सेनाले सलामीसहित शोक धुन बजाउँदै निकालिएको शवयात्रा पशुपति आर्यघाट पुगेको हो।
यसअघि नेम्वाङको पार्थिव शरीर अन्त्येष्टिका लागि पशुपति आर्यघाट लगिएको थियो। स्व. नेम्वाङको बालुवाटार निवासबाट पार्थिव शरीरलाई पशुपति आर्यघाट लगिएको हो।स्व.नेम्वाङको निवास बालुवाटारबाट नेपाली सेनाले सलामीसहित शोक धुन बजाउँदै निकालिएको शवयात्रा पशुपति आर्यघाट पुगेको हो।
नेम्वाङको गत २६ भदौमा हृदयाघातका कारण निधन भएको थियो। नेम्वाङको अन्त्येष्टि राजकीय सम्मानसहितगर्ने निर्णय सरकारले गरेको थियो।
आज नेम्वाङको निधनमा सरकारले सार्वजनिक बिदा दिएको छ।शवयात्राको रुट निजी निवास बालुवाटार–शिक्षण अस्पताल, महाराजगञ्ज–नारायणगोपाल चोक–धुम्बाराही–चाबहिल–गौशाला हुँदै पशुपति आर्यघाट रहेको थियो।







