प्रमुख समाचार Friday, 8 Sep, 2023
Prestige Media

१८ जिल्लाका २१ जनप्रतिनिधिको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले देशभर २१ जनप्रतिनिधिको पद रिक्त रहेको विवरण सार्वजनिक गरेको छ ।निर्वाचन आयोगका अनुसार प्रदेश र स्थानीय तह गरी विभिन्न १८ जिल्लाका २१ जनप्रतिनिधिको पद रिक्त छ ।

गत वर्ष वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन र मंसिर ४ गते भएको आमनिर्वाचनमा निर्वाचित प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, जिल्ला समन्वय समिति प्रमुख एक–एक र १७ वडाध्यक्ष पद रिक्त भएको पाइएको हो।निर्वाचन आयोगका अनुसार २१ पद रिक्त पदमध्ये कांग्रेसका १२ स्थान, एमालेका ४, माओवादी ४ र स्वतन्त्र एक रहेका छन् । सात प्रदेशमध्ये सबैभन्दा धेरै पद सुदूरपश्चिम प्रदेशमा रिक्त रहेका छन् ।

गत मंगिसरमा प्रतिनिधिसभा सदस्यको रिक्त पदमा उपनिर्वाचन गत वैशाखमै गरेको सरकारले प्रदेश र स्थानीय तह रिक्त पदको उपनिर्वाचन आगामी वैशाखमा गर्ने तयारी छ ।

आयोगले प्रतिनिधिसभा सदस्यको तीन ठाउँमा पद खाली हुँदा गत वैशाख १० मा उपनिर्वाचन भइसकेको छ । चितवन–२, बारा–२ र तनहुँ–१ प्रतिनिधिसभा सदस्यको पद रिक्त भएपछि निर्वाचन आयोगले गत वैशाख १० मा उपनिर्वाचन गरेको थियो ।गत वर्ष मङ्सिरमा सम्पन्न निर्वाचनबाट चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, बारा– २ मा जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव र तनहुँ–१ मा कांग्रेसका रामचन्द्र पौडेल निर्वाचित भएका थिए ।

नागरिकता खारेज भएपछि भएपछि लामिछानेको सांसद पद पनि खारेज भएको थियो भने पौडेल राष्ट्रपति र यादव उपराष्ट्रपति हुँदा पद रिक्त भएको थियो । चितवन–२ मा लामिछाने पुनः निर्वाचित भएका छन् भने तनहुँ–१ बाट रास्वपाका स्वर्णिम वाग्ले र बारा–२ मा जसपाका अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका छन् ।

वैशाख १० मा प्रनिनिधिसभा सदस्यमा मात्र उपनिर्वाचन भएको थियो । त्यतिबेला स्थानीय तहको रिक्त पदमा निर्वाचन भएन । निर्वाचन आयोगले प्रदेश र स्थानीय तहको रिक्त पदमा उपनिर्वाचनका सन्दर्भमा सरकारसँग छलफल अगाडि बढाएको छ ।

आयोगका प्रमुख आयुक्त दिनेश थपलियाका अनुसार प्रधानमन्त्री र उपप्रधानमन्त्रीद्वयले आगामी वैशाखमा उपनिर्वाचन गर्ने जवाफ दिएका छन् ।आयोगले आगामी मसिंरमा उपनिर्वाचन गर्न सरकारलाई अनौपचारिक प्रस्ताव गरेको थियो । तर, सरकारले राष्ट्रियसभा सदस्यको निर्वाचनपछि मात्र उपनिर्वाचन गर्ने बताएको छ ।

उनी भन्छन्, ‘हामीले आगामी मंसिरमा उपनिर्वाचन गर्न सरकारलाई अनौपचारिक प्रस्ताव गरेको थियौं तर, सरकारले राष्ट्रियसभा सदस्यको निर्वाचनपछि मात्र उपनिर्वाचन गर्ने बताएको छ ।’

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

दक्षिण कोरियाले बढायो भिसा शुल्क

विद्यार्थी ओराल्दा विद्यालयको बसले एक बालिका र सहचालक किच्यो, दुवैको मृत्यु

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

ओलीको टिप्पणी- फागुन २१ को चुनाव फाँसीवादको लाइसेन्स

हाम्रो गाडी गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ : प्रधानमन्त्री बालेन

अस्ट्रेलियालाई हराउँदै अमेरिका समूह विजेता बन्ने बाटोमा

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL