Breaking News Thursday, 7 Sep, 2023
Prestige Media

महानगरका वडाध्यक्ष रिजालको निधनप्रति देउवाको समवेदना

काठमाडौं–कांग्रेस सभापति शेरबहादुर देउवाले काठमाडौं महानगर वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

देउवाले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति कांग्रेस र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेको सानेपा मुख्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको शोक विज्ञप्तिमा उल्लेख छ।

देउवाले स्व. रिजालले कांग्रेस संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा पु¥याएको सक्रिय योगदानको स्मरण पनि गरेका छन्।
वडाध्यक्ष रिजालको ग्रान्डी अस्पतालमा उपचारका क्रममा आज बिहान ७ः३० बजे निधन भएको थियो। उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि ११ देखि १२ बजेसम्म राष्ट्रिय सभागृह र साढे १२ देखि साढे १ सम्म पशुपति मन्दिर परिसरमा राखिनेछ।

त्यसपछि अपरान्ह २ः३० बजे दाहसंस्कार गरिनेछ।२०२७ कात्तिकमा जन्मिका स्व. रिजालले कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए। २०४६ को ऐतिहासिक जनआन्दोलमा उनी प्रहरी हिरासतमा रहेका थिए। स्व. रिजाल कांग्रेस काठमाडौं क्षेत्र ७ को क्षेत्रीय सभापति र महानगरमा अहिलेसमेत गरी दुई पटक वडाध्यक्ष निर्वाचित हुन्।

सरस्वती क्याम्पसमा अध्ययनरत रहँदा नेपाल विद्यार्थी संघमा आबद्ध भई राजनीतिक यात्रा थालेका स्व. रिजालले मानव अधिकारवादी संघ संस्थामा समेत आबद्ध भएर काम गर्दै आएका थिए। उनको निधनबाट कांग्रेसले होनाहार नेतृत्वलाई गुमाएको विज्ञप्तिमा उल्लेख छ।
रिजाल गत स्थानीय तह निर्वाचनमा कांग्रेसबाट निर्वाचित हुन्। रिजाल पाँच दिनअघि ग्रान्डी अस्पतालमा उपचारार्थ भर्ना भएका थिए।

फोक्सोमा पानी जमेको र निमोनियाको समस्या देखिएपछि भेन्टिलेटरमा राखेर वडाध्यक्ष रिजालको उपचार भइरहेको थियो।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

ट्राफिक कारबाहीमा १३ लाख ३३ हजार राजस्व सङ्कलन

दक्षिण कोरियाले बढायो भिसा शुल्क

इरानले भन्यो- खामेनी हत्याको बदला अवस्य लिनेछौं

ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

विद्यार्थी ओराल्दा विद्यालयको बसले एक बालिका र सहचालक किच्यो, दुवैको मृत्यु

पराग्वेसँग पराजित हुँदै चार पटकको विजेता जर्मनी बाहिरियो

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

पेट्रोलियम पदार्थको मूल्य घट्न केही समय लाग्छ : अर्थमन्त्री

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL