Breaking News Wednesday, 6 Sep, 2023
Prestige Media

एमाले लुम्बिनी प्रदेश अध्यक्षमा कँडेल निर्वाचित

काठमाडौं– एमाले लुम्बिनी प्रदेश अध्यक्षमा केन्द्रीय उपाध्यक्ष विष्णु पौडेल निकट राधाकृष्ण कँडेल निर्वाचित भएका छन्।बुटवलस्थित अन्तर्राष्ट्रिय सभाहलमा सम्पन्न मत परिणामअनुसार अध्यक्षका प्रत्यासी हरि रिजाललाई २ मतले पराजित गर्दै कँडेल लुम्बिनी प्रदेश अध्यक्षको नेतृत्वमा पुगेका हुन्।

निवर्तमान अध्यक्ष कँडेलले महासचिव शंकर पोखरेल निकट केन्द्रीय सदस्य प्युठानका रिजाललाई पछि पारे।विजयी कँडेलले ४७९ र प्रतिद्वन्द्वी रिजालले ४७७ मत प्राप्त गरेको निर्वाचन समितिले बताएको छ। निवर्तमान अध्यक्षसमेत रहेका कँडेल पाल्पाका हुन्।

प्रदेश अधिवेशनमा उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठ ४५५ मत र उपसचिव (पुरुष)मा पूर्ण बुढा मगर ४१८ मत ल्याएर विजयी भएका छन्। यस्तै, उपसचिव (महिला)मा लीला राना मगर ३५२ मत ल्याएर निर्वाचित भइन्।अध्यक्षको निर्वाचनमा ९६५ मत खसेको थियो। सचिवमा लक्ष्मण आचार्य, पुरुष उपसचिवमा पूर्ण बुढा मगर, महिला उपसचिवमा बर्दियाकी लीला राना मगर विजयी भएका छन्।

गत १६ भदौदेखि सुरु भएको एमाले लुम्बिनीको प्रथम अधिवेशनमा कुल १ हजार ४ जना मतदाता रहेकामा मंगलबार सम्पन्न निर्वाचनमा ९६५ मत मात्रै खसेको थियो।एमाले अध्यक्ष केपी ओली अधिवेशन उद्घाटन गर्न बुटवल पुगेका बेला सहमतिमै नेतृत्व छान्न निर्देशन दिए पनि सहमति नहुँदा निर्वाचन भएको हो।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL