Breaking News Monday, 4 Sep, 2023
Prestige Media

सामाजिक सञ्जालमा जथाभावी वक्तव्यबाजी नगर्न बालेन लक्षित चेतावनी

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले निजामती कर्मचारी वा सुरक्षाकर्मीलाई कर्तव्य पालनामा बाधा नपु¥याउन र सामाजिक सञ्जालमा जथाभावी वक्तव्यबाजी नगर्न सबैलाई आग्रह गरेको छ। गत शनिबार काठमाडौंका मेयर बालेन साहले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सिंहदरबार जलाइदिने वक्तव्य दिएपछि प्रशासनले कारबाही गर्न सकिने चेतावनी दिँदै विज्ञप्ति निकालेको हो।

काठमाडौं प्रशासनले कुनै आफूलाई परेका गुनासो भए तथ्य प्रमाणसहित सम्बन्धित निकायका प्रमुख वा गुनासो सुन्ने अधिकारीसमक्ष जानकारी दिन र जथाभावी वक्तव्यबाजी नगर्न सुझाएको छ।आज सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठले प्रेस विज्ञप्ति जारी गर्दै पदीय जिम्मेवारीमा रहेका सबैले सामाजिक मान–मर्यादा भुल्न नहुनेतर्फ सचेत गराएका हुन्।

काठमाडौं महानगरका मेयर बालेनले आफ्नी पत्नी चढेको सरकारी नम्बर प्लेटको गाडी शनिबार राती कोटेश्वरमा ट्राफिक प्रहरीले चेकिङ गरेको रिसमा सिंहदरबार जलाइदिने धम्कीयुक्त भनाइ फेसबुक स्टाटसमा राखेका थिए।

श्रीमती चढेको गाडीलाई केरकार किन गरेको गरेको भन्दै मेयर बालेनले काठमाडौंका प्रजिअ जितेन्द्र बस्नेतलाई समेत फोन गरेर आक्रोश पोखेका थिए। यद्यपि बालेनले सामाजिक सञ्जालमा राखेको आगो ओकल्ने स्टाटस भने आज मात्रै हटाएका छन्।

जिल्ला प्रशासनको विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो समयमा असल मनसायबाट सम्पादन भएका सरकारी काम र त्यस्तो काममा खटिएका राष्ट्रसेवकलाई निरुत्साहित गर्ने गरी सामाजिक सञ्जालमा व्यक्त अभिव्यक्तिप्रति कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ। यसर्थ आफ्नो पदीय जिम्मेवारी र कर्तव्य पालना गर्न लागेका राष्ट्रसेवक कर्मचारीलाई कर्तव्य पालनामा बाधा नपुर्याउनु हुन र विभिन्न सामाजिक सञ्जालमा जथाभावी वक्तव्यबाजी नगर्नु÷नगराउनु हुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ।’

जिल्ला प्रशासन कार्यालयले सार्वजनिक विदाको दिनमा सरकारी गाडी प्रयोग गर्दा तोकिएका अधिकारीबाट जारी भएको सवारी पास बोक्नुपर्ने नियम समेत सम्झाएको छ ।लोकतन्त्र र विधिको शासनले कानुनको दृष्टिमा सबै समान रहेको भन्दै प्रचलित कानुनको बर्खिलाप गरिने जुनसुकै गतिविधि नियन्त्रण गर्न र विधिको शासन प्रत्याभूत गर्न स्थानीय प्रशासन तथा सुरक्षा निकाय प्रतिबद्ध रहेको विज्ञप्तिमा भनिएको छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL