Breaking News
Monday, 14 Aug, 2023
बरामद सुन जोख्न टक्सार महाशाखालाई सीआईबीले काट्यो पत्र
काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गत ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँचपास भई बाहिरिएका बेला बरामद गरिएको अवैध एक क्विन्टल सुन जोख्न नेपाल राष्ट्र बैंकको टक्सार महाशाखालाई पत्र पठाएको छ ।
महाशाखाले बरामद अवैध सुन जोख्न सीआईबीबाट पत्र आएको बताएको हो ।सीआईबीबाट पत्र आए पनि राजस्व अनुसन्धान विभागबाट समेत पत्र आएपछि सुन जोखिने महाशाखाले जनाएको छ । राजस्व अनुसन्धान विभागले ३ साउनमा सिनामंगलबाट सुनसहितको १५५ किलो ‘ब्रेक शु’बरामद गरेको थियो ।
मोटरसाइकल र स्कुरको ब्रेक शुभित्र लुकाएर सुन ल्याएको पाइएको थियो । त्यसबेला ब्रेक शुसहितको तौल लिइएको थियो ।बरामद सुनको तौल यकिन गर्न राष्ट्र बैंक पठाइए पनि हालसम्म राजस्व विभागले पत्र नकाट्दा प्रक्रिया अगाडि नबढेको महाशाखाले स्पष्ट पारेको छ ।







