Breaking News Sunday, 13 Aug, 2023
Prestige Media

जनमतलाई सरकारमा लैजान मन्त्रिपरिषद् पुनर्गठन गर्दै प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री प्रचण्डले नेकपा माओवादी केन्द्रको भागमा परेको मन्त्रालय सम्हालिरहेका एक मन्त्रीलाई हटाएर सीके राउत नेतृत्वको जनमतलाई सहकारमा सहभागी गराउन लागेका हुन् ।

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनमध्येको जनमत पार्टीलाई सरकारमा सहभागी गराउन २५ सदस्यीय मन्त्रिपरिषद् पुनर्गठन गर्दै छन् ।

प्रधानमन्त्री प्रचण्डले नेकपा माओवादी केन्द्रको भागमा परेको मन्त्रालय सम्हालिरहेका एक मन्त्रीलाई हटाएर सीके राउत नेतृत्वको जनमतलाई सहकारमा सहभागी गराउन लागेका हुन् ।माओवादी केन्द्रबाट मन्त्री भएकामध्ये एकलाई हटाएर जनमतकी अनिता देवीलाई मन्त्री नियुक्त गर्ने तयारी प्रधानमन्त्रीको छ ।

जनमतले गत २६ असारमै अनितादेवीको नाम प्रधानमन्त्रीलाई बुझाइसकेको बुझिएको छ। तर, त्यसको भोलिपल्ट २७ असार बिहान प्रधानमन्त्री प्रचण्डपत्नी सीताको निधन भएपछि मन्त्री नियुक्ति रोकिएको थियो ।सत्तारुढ गठबन्धनका दलबीच प्रधानमन्त्री पार्टी नेकपा माओवादी केन्द्रकै कोटामा जनमतबाट मन्त्री बनाउने सहमति असार अन्तिम साता नै भएको थियो ।

खानेपानी मन्त्रालयमा चित्त नबुझेर गत १७ चैतमा प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएर बाहिरिएको जनमत पार्टी जुनसुकै मन्त्रालय दिए पनि फेरि सरकारमा जान सहमत भएपछि आज मन्त्रिपरिषद् विस्तार गर्न लागिएको हो।गत पुसमा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी जनमतले उद्योग र कृषिमध्ये एक मन्त्रालय दाबी गरे पनि नदिइएपछि चैतमा बाहिरिएको थियो। जनमतबाट मन्त्री बनेका खानेपानी मन्त्री अब्दुल खानले १७ चैतमा राजीनामा दिएका थिए।

प्रधानमन्त्री प्रचण्डले संघीय मामिला हेर्ने अमनलाल मोदी र पर्यटनमन्त्री सुदन किरातीमध्ये एक जनालाई हटाउने तयारी गरिरहेको स्रोतले बताएको छ ।हाल माओवादी केन्द्रबाट सरकारमा ६ मन्त्री र एक राज्यमन्त्री छन् ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL