प्रमुख समाचार
Friday, 11 Aug, 2023
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं–कांग्रेसको संसदीय दलको बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने भएको छ ।पछिल्लो समय एमालेबाट भइरहेको संसद् अवरोध, सदनमा विचाराधीन टीआरसीलगायत विधेयकका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।
बैठकमा कांग्रेसको संसद्मा भूमिका, डेंगु, लम्पीस्किन, अवैध सुन बरामद प्रकरण, बाढीपहिरो, सांसद सुनील शर्मा पक्राउ प्रकरणमाथि छलफल हुने संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए ।
बैठकका एजेन्डा बिहीबार बसेको कांग्रेस संसदीय दलको कार्यसमिति बैठकले तय गरेको हो ।







