Breaking News
Friday, 11 Aug, 2023
सुन तस्करी प्रकरणमा थप दुई चिनियाँ नागरिक पक्राउ
काठमाडौं– प्रहरीले सुन तस्करी प्रकरणमा थप दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । १५४ किलो सुन तस्करी अनुसन्धानका क्रममा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले चिनियाँ नागरिकद्वय ली जियालिन र लिउ फुयानलाई विमानस्थलबाट पक्राउ गरेको हो ।
चीन जान लागेका बेला अध्यागमनले उनीहरुलाई नियन्त्रणमा लिएको बताइन्छ । पक्राउ परेकालाई थप अनुसन्धानका लागि अध्यागमन कार्यालयले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को जिम्मा लगाएको छ ।
योसहित सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १९ पुगेको छ ।हिमालय एयरलाइन्सको विमानबाट चीन भाग्न लाग्दा एक महिला र एक पुरुष चिनियाँ नागरिक पक्राउ परेका हुन्। त्रिभुवन विमानस्थल सुरक्षार्थ खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।







