प्रमुख समाचार
Wednesday, 9 Aug, 2023
बागमती, गण्डकी र लुम्बिनीमा ठूलो वर्षा हुने सम्भावना
काठमाडौं– मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुनी वायुका साथै बंगलादेशको उत्तरी भू–भाग तथा आसपास रहेको न्यून चापीय प्रणालीका कारण देशैभर हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ ।
आज दिउँसो देशभरका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित ठूलो वर्षाको सम्भावना छ ।
आज राती देशभर सामान्य बदली रहनेछ। कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान महाशाखाको छ । गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
कोसी र मधेस प्रदेशका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।







