प्रमुख समाचार
Wednesday, 9 Aug, 2023
संसद् खुलाउन सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समिति बैठक
काठमाडौं–निरन्तर संसद् अवरोध भएपछि सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। बिहान संसद् भवन बानेश्वरमा ११ः३० बजे बस्ने गरी बैठक बोलाइएको हो।
संसद् बैठक बस्नुअघि सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।संसद्को अवरोध हटाउने विषयमा तीन दलका शीर्ष नेताबीच सहमति नजुटेपछि सभामुखले कार्यव्यवस्था समितिको बैठक बोलाएका हुन् ।
बैठकमा सबै राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतक सहभागी हुनेछन् ।







